site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गृहमन्त्रीलाई सांसद श्रेष्ठको प्रश्न– प्रसाईंको जस्तो हतियारसहित हिँड्नुहुन्छ कि हुन्न ?

काठमाडौं । नेकपा (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठले गृहमन्त्री रवि लामिछानेको सुरक्षाको लागि दुर्गा प्रसाईंको जस्तो हतियार छ कि छैन भनेर प्रश्न गरेका छन् ।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद श्रेष्ठले राज्यका उच्च पदस्थ व्यक्तिहरूको सुरक्षाको सम्बन्धमा प्रश्न गरेका हुन् । उनले प्रसाईंजस्तो नागरिकले उच्च तहको हतियार बोकेर हिँड्ने गरेको भन्दै उनलाई त्यो तहको सुरक्षा आवश्यक थियो कि थिएन भनेर प्रश्न गरे ।

Dabur Nepal
NIC Asia

उनले राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्री त्यो तहको हतियार बोकेर हिँड्छन् हिँड्दैन भनेर पनि प्रश्न गरे । हतियार बोक्न अनुमति दिने अधिकारीको सम्बन्धमा पनि उनले प्रश्न गरेका थिए ।

"एउटा नागरिकको सुरक्षाका लागि त्यो तहको हतियार बोक्नुपर्थ्यो कि पर्दैनथ्यो ? त्यति संख्याको गोलिगट्ठा बोक्नुपर्थ्यो कि पर्दैनथ्यो ? यो मुलुकको राष्ट्रपतिको सुरक्षामा हिँड्ने सुरक्षाका अगुवा र पछुवाले कुन तहको हतियार बोक्छन् ? प्रधानमन्त्री, गृहमन्त्री हिँड्दा अगाडि, पछाडि त्यो तहको हातहतियार र गोलिगट्ठासहित हिँड्ने गर्नुभएको छ कि छैन ? जवाफ दिनुपर्‍यो नि," उनले भने ।

उनले अगाडि थपे, "लाइसेन्सप्राप्त हतियार ? लाज पनि छैन । कसले दिएको त्यो लाइसेन्स ? त्यस्तो हतियार बोक्ने लाइसेन्स कसले दियो ? लाइसेन्स चेक गर्नुप‍र्‍यो । दिने मान्छे को हो ? कहाँबाट दियो ? र, त्यही हतियारको लाइसेन्स दिएको हो कि होइन ?"

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro