site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले कास्की अधिवेशन : मत परिणाम बुधबार बिहान आउने

पोखरा । गत शनिबारदेखि सुरु भएको एमाले कास्कीको ११औँ जिल्ला अधिवेशनअन्तर्गत मंगलबार साँझमात्र मतदान भएको छ । विद्युतीय मेसिनबाट भएको मतदानमा एउटा प्रतिनिधिले १२२ जनालाई मत दिएका थिए ।

निर्वाचन समितिले मंगलबार दिउँसो १ः३० बजे नै मतदान गर्ने कार्यतालिका जारी गरेको थियो । तर, मेसिनमा प्राविधिक समस्या देखिएपछि ६ घण्टापछि मात्र मतदान सुरु भएको थियो ।

अबेर भइसकेका कारण र सुरक्षाका कारण जिल्ला प्रशासन र एमाले पदाधिकारी बैठकमा मतदान कार्य बुधबार सार्ने विषयमा छलफल पनि भएको थियो । तर, लामबद्ध अधिवेशनका प्रतिनिधिहरूले मंगलबार अबेर नै भए पनि मतदान गर्नैपर्ने दबाब दिएका थिए । त्यसपछि बाक्लो सुरक्षाका घेराबिच मतदान प्रक्रिया सुरु भएको हो ।

Dabur Nepal
NIC Asia

अब बुधबार बिहानसम्म मत परिणाम सार्वजनिक भइसक्ने निर्वाचन समितिले जानकारी दिएको छ ।

अधिवेशनको बन्दसत्र आइतबार सुरु भएर सोमबारमात्र राजनीतिक तथा सांगठनिक र आर्थिक प्रतिवेदन पारित भएको थियो । जम्मा ९२९ मतदाता रहेकोमा विभिन्न पदका लागि सोमबार साँझ ६८० जनाले उमेदवारी फाराम लिएका थिए । त्यसमध्ये ३२९ जनाले विभिन्न पदमा दरखास्त दिएकोमा मंगलबार दिउँसो विभिन्न क्लस्टरका सदस्यमध्ये ४७ जनाले फिर्ता लिएका थिए । चुनावबाट पदाधिकारी र सदस्य ११५ जना र लेखासमितिमा ७ गरी १२२ जना चुनिनेछन् ।

पदाधिकारीमध्ये अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री, माधव बाँस्तोला र विवेक त्रिपाठी प्रतिस्पर्धामा छन । जिल्लाको चुनाव भनिए पनि यहाँ एमालेका नेताद्वय पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी पक्षबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।

एमाले उपमहासचिव गुरुङको समूहबाट अध्यक्षमा माधव बास्तोला छन् । उजी युवा संघ केन्द्रीय कमिटी, एमाले प्रदेश कमिटी हुँदै मैदानमा होमिएका हुन् ।

विद्यार्थीकालीन राजनीतिदेखि हालका सचिव बैनबहादुर क्षेत्रीको राजनीतिक यात्रा पनि लामो छ । सुरुदेखि नै एमाले केन्द्रीय नेता खगराज अधिकारीको विश्वासपात्रको रूपमा उभिँदै आएका छन् ।

अध्यक्षका अर्का  प्रत्यासी त्रिपाठी भने गुटगत राजनीतिको अन्त्यका लागि भन्दै उमेदवार बनेको बताएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  २२:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro