site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सार्कको साउथ एसियन युनिभर्सिटीमा भर्ना खुला, मार्च ३१ सम्म आवेदन दिन सकिने

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित साउथ एसियन युनिर्भसिटी (एसएयू)ले शैक्षिक वर्ष २०२४/०२५ का लागि अनलाइन भर्ना प्रक्रिया सुरु गरेको छ ।

एसएयूले स्नातक, स्नातकोत्तर, इन्टिग्रेटेड स्नातकोत्तर, एमटेक र पीएचडीलगायत सबै कार्यक्रमका लागि भर्ना प्रक्रिया सुरु गरेको हो । साउथ एसियन युनिर्भसिटी अथवा दक्षिण एसियाली विश्वविद्यालय सार्कका आठ सदस्य राष्ट्र मिलेर स्थापना एवं सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय विश्वविद्यालय हो ।

Dabur Nepal
NIC Asia

यस विश्वविद्यालयले प्रदान गर्ने डिग्री नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तान आठ वटै सार्क राष्ट्रबाट मान्यता प्राप्त छन् ।

विश्वविद्यालयका अध्यक्ष प्राध्यापक के.के. अग्रवालले एसएयूमा संस्कृतिको विशेषता रहेको बताए । यहाँ सार्क देशका विद्यार्थी एकआपसमा भेट्न सक्ने र विविधताको लाभ प्राप्त गर्ने उनको भनाइ छ ।

विश्वविद्यालयमा अर्थशास्त्र, बायोटेक्नोलोजी, कम्प्युटर विज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध, कानुनी अध्ययन, गणित र समाजशास्त्रका कार्यक्रम पनि छन् । विश्वद्यिालयले अप्रिल २० र २१ मा प्रवेश परीक्षा हुने जनाएको छ ।

विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङमा बीटेक र डुअल डिग्री (बीटेक प्लस एमटेक) सुरु गरेको छ ।

यस्तै, कम्प्युटर साइन्समा एमटेक र इन्टिग्रेटेड एमएससी प्लस एमटेक पनि सुरु गरेको छ । प्रवेश परीक्षाका लागि मार्च ३१ रहेको छ । आवेदन एसएयूडट आईएनटीबाट दिन सकिन्छ । भारतको नयाँ दिल्लीमा एक सय एकड क्षेत्रफलमा यो विश्वविद्यालय छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro