site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अर्थतन्त्र संकटमा छैन : अर्थमन्त्री पुन 
फाइल तस्बिर ।

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । अर्थतन्त्रमा शिथिलता भने रहेको उनले बताए । 

मन्त्रालयको चालु आर्थिक वर्षको फागुन महिनासम्मको प्रगति समीक्षा बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले अर्थतन्त्र चलायमान बनाउन मन्त्रालय आफैँ अघि बढिसकेको उल्लेख गरे । राजस्व संकलन र पुँजीगत खर्च बढाएर अर्थतन्त्रको समस्या समाधान गर्ने गरी काम गर्न उनले मन्त्रालयकासचिव, सह–सचिव र विभागीय प्रमुखलाई निर्देशन दिए । 

Argakhachi Cement Island Ad

उनले अर्थ मन्त्रालयले अरु मन्त्रालय र निकायसँग जति बढी समन्वयमा काम गर्न सक्यो उति नै छिटो नतिजा आउने बताए । मन्त्री पुनले विगतमा खर्च गर्न कस्सिएका कारण बजार चलायमान हुन नसकेको भन्दै सरकारले सकेसम्म खर्च बढाउनुपर्नेमा जोड दिए । 

“खर्च गर्न टाइट गरिएका कारण राजस्व संकलन पनि खुम्चियो,” मन्त्री पुनले भने, “अर्थले खर्चका लागि प्रेरित गर्ने बित्तिकै अरुले पनि खर्च बढाउँछन् ।” 

पुनले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको मनोबल उठाउन जरुरी रहेको स्पष्ट गरे । राजस्व छली गर्नेलाई नछाड्न भन्दै उनले असल नियतले सुशासन कायम गर्न उठाइएका कदममा निजी क्षेत्रले पनि सघाउने बताए । 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १७:१८
प्रतिक्रिया दिनुहोस्