site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अहिलेको सहकार्य मिसन ०८४ लाई सहयोग पुर्‍याउने गरी गरेका छौँ : शंकर पोखरेल
फाइल तस्बिर ।
Global Ime bank

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मिसन ०८४ लाई सहयोग पुर्‍याउने गरी पाँच दलबीच सहकार्य गरिएको बताएका छन् । वाग्मती प्रदेश कमिटीको कार्यक्रममा मंगलबार उनले अहिले वामपन्थीहरूबीच सहकार्य नगरिएको पनि बताए । 

“हामीले अहिले गरेको सहकार्य मिसन ०८४ लाई सहयोग पुर्‍याउने गरी गरेका छौँ । अहिलेको पाँच दलको सहकार्य वामपन्थी सहकार्य होइन,” उनले भने, “यद्यपि त्यहाँ वामपन्थी दलको सहभागिता बढी छ ।” 

पोखरेलले न्यूनतम प्राथमिकता र साझा कार्यक्रमअनुसार अघि बढ्ने समझदारी भएको बताए । त्यस्तै, उनले वामपन्थी मोर्चा बनाउने नीति नरहेको प्रस्ट्याए । “हाम्रो नीति मोर्चा बनाउनेतर्फ गइरहेको छैन । बलियो राष्ट्रिय शक्ति निर्माणको नीति हो,” उनले भने । अहिलेको सहकार्यले भविष्यमा कस्तो मनोविज्ञान तयार गर्छ भन्ने छलफलको विषय हुने उनको भनाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १५:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu