site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
आदित्य मोक्षधाममा कविता गोष्ठी सम्पन्न 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । ‘तेस्रो आदित्य मोक्षधाम काव्य गोष्ठी’ सम्पन्न भएको छ । साहित्यिक पत्रकार संघ र आदित्य मोक्षधामको संयुक्त आयोजनामा काभ्रेको कुशादेवीमा उक्त कार्यक्रम गरिएको थियो ।

त्यस अवसरमा मञ्जिला अनिल, ममता मृदुल, मुरारि सिग्देल, सुषमा आचार्य, विक्रमभक्त जोशी, प्रदीप ज्ञवाली, हरि मन्जुश्री, रामप्रसाद पन्त, एलिशा ढुंगाना, लव खड्का, हरिश कल्पित, डा. शान्तिमाया गिरी, सुमन वर्षा, मीना श्रेष्ठ, भानुप्रकाश जोशी, विकास शर्मा, श्रीबाबु कार्की, बुनु दाहाल, कल्पना खरेल, निर्मलरमण पराजुली, राज रजक, जीवन प्रकाश श्रेष्ठ, रितु कँडेल, पूर्णबहादुर श्रेष्ठ, भानु जोशी, अनुसुया ढुंगेल, गीता कार्की, पारु तिमल्सिनालगायत कविले कवितावाचन गरेका संघका अध्यक्ष राधेश्याम लेकालीले जानकारी गराएका छन् ।

कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रुखका जरामा कला सिर्जना गर्ने नरेन्द्रबहादुर श्रेष्ठको कला प्रदर्शनीको उद्घाटन समेत गरे ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्