site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फिक्सिङकाे मुद्दामा क्रिकेटर आदिल र महबुबले पाए सफाइ

काठमाडौं । जिल्ला अदालत काठमाडौंले फिक्सिङको आरोप लागेका क्रिकेटर आदिल अन्सारीलाई सफाइ दिएको छ ।

सोमबार न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले फिक्सिङको आरोप लागेका अन्सारीसहित पाँच जनालाई दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको हो ।

सफाइ पाउनेमा महबुब आलम, नितेश साह गुप्ता, नवीन कँडेल र रवी माझी रहेका छन् ।

कीर्तिपुर मैदानमा गएको वर्ष पुस ९ देखि पुस २७ सम्म नेपाल टी–२० लिगको प्रतियोगिता भएको थियो । काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक सदस्यलाई फिक्सिङको प्रस्ताव आएको खुलासा गरेका थिए ।

गृह मन्त्रालयले ‘फिक्सिङ’ र स्पट फिक्सिङको अनुसन्धान गर्न निर्देशन दिएपछि सीआईबी सक्रिय भएको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप), विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीलगायत निकायले अनुसन्धान गरेका थिए ।

अनुसन्धानकै क्रममा स्पट फिक्सिङमा सहभागी भएको आरोपमा युवा अलराउन्डर महोम्मद आदिल अन्सारी, पूर्वक्रिकेटर मेहबुब आलम, नितेश गुप्तासहित पक्राउ परेका थिए । आदिलले नेपालबाट अन्तर्राष्ट्रिय खेलसमेत खेलिसकेका खेलाडी हुन् । 

उनीहरूविरुद्ध गत वर्ष फागुन ५ गते मुद्दा दायर भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro