site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुर्गा प्रसाईंलाई मेडिकल कलेज चलाउन बाटो खुल्यो 
फाइल तस्बिर ।

काठमाडौं । बीएन्डसी मेडिकल कलेजका तर्फबाट दायर भएको रिट सर्वोच्च अदालतले जारी गरिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको संयुक्त इजलासले रिट जारी गरिदिएको हो । 

सर्वोच्चले रिट दायर गरिदिएसँगै अब दुर्गा प्रसाईंलाई बीएन्डसी मेडिकल कलेज सञ्चालनको बाटो खुलेको छ । आशयपत्र पाएर पनि एमबीबीएस अध्यापन गराउन नपाएको भन्दै प्रसाईंले सर्वोच्चमा रिट लैजानुका साथै सरकारका विषयमा समेत गम्भीर प्रश्न उठाएका थिए । आशयपत्रकै आधारमा बैंकबाट लिएको ऋण तिर्न नसक्ने भन्दै उनले बैकहरूविरुद्ध समेत अभियान चलाएका थिए । सोमबार भएको फैसलाको संक्षिप्त आदेश आइसकेको छैन ।

“निवेदकको मागबमोजिम रिट जारी भएकाले यसमा संक्षिप्त आदेश आउँदैन,” सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले बाह्रखरीसँग भने ।

आशयपत्रका आधारमा भौतिक संरचनासहितका पूर्वाधार तयार पारिसकेपछि सम्बन्धन रोकेर आफूमाथि अन्याय भएको भन्दै प्रसाईंले ०७६ सालमै लगेको रिट ०७७ असार २१ मात्र दर्ता भएको थियो । प्रसाईंले ०७७ असोज ३० मा अर्को रिट समेत सर्वोच्च अदालतमा दायर गरेका थिए ।

दोस्रो रिटमा प्रसाईंले चिकित्सा शिक्षा आयोग, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, काठमाडौं विश्वविद्यालयका उपकुलपति, रजिष्टार, प्राज्ञिक परिषद्, विद्यापरिषद् स्कुल अफ मेडिकल साइन्सेस, डीन, स्कुल अफ मेडिकल साइन्सेस डिनको कार्यालय र कार्यकारी परिषद्लाई विपक्षी बनाएका थिए । उक्त रिटका मागविरुद्ध विवेकशील नेपालीका शशीविक्रम कार्कीले पनि रिट दायर गरेका थिए ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro