site stats
बाह्रखरी :: Baahrakhari
खेल
आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाललाई आठौँ सफलता, ललितले लिए दोस्रो विकेट 

काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो खेलमा नेपालका ललितनारायण राजवंशीले आठौँ सफलता दिलाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर फिल्डिङमा उत्रिएको नेपालका निमित ललितले १६.३ ओभरमा आयरल्यान्ड वुल्भ्सका ग्यारेथ लियम म्याकार्थीलाई एलबीडब्ल्यू आउट गरे ।

जारी खेलको १७ ओभर सकिँदा आयरल्यान्ड वुल्भ्सले आठ विकेट गुमाएर १०४ रन बनाएको छ ।

नेपाल ‘ए’ले आयरल्यान्ड वुल्भ्सँग पाँच ट्वान्टी–२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । सुरुका दुई ट्वान्टी–२० रोहितकुमार पौडेल नेतृत्वको नेपाली सिनियर टिमले खेल्नेछ । बाँकी खेल भने विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ले खेल्नेछ ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १४:२६
प्रतिक्रिया दिनुहोस्