site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपालका कुशल मल्लले दिलाए पाँचौँ सफलता
फाइल तस्बिर ।

काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो खेलमा नेपालका कुशल मल्लले पाँचौँ सफलता दिलाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर फिल्डिङमा उत्रिएको नेपालका निम्ति कुशलले १०.२ ओभरमा आयरल्यान्ड वुल्भ्सका ग्यारेथ डेलानीलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए ।

जारी खेलको ११ ओभर सकिँदा आयरल्यान्ड वुल्भ्सले पाँच विकेट गुमाएर ६६ रन बनाएको छ ।

नेपाल ‘ए’ले आयरल्यान्ड वुल्भ्सँग पाँच ट्वान्टी–२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । सुरुका दुई ट्वान्टी–२० रोहितकुमार पौडेल नेतृत्वको नेपाली सिनियर टिमले खेल्नेछ । बाँकी खेल विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ले खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro