site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुन तस्करी प्रकरण : सीआईबीका चार इन्स्पेक्टर तानिए

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत थप चार प्रहरी निरीक्षक (इन्स्पेक्टर) तानिएका छन् ।

६० किलो सुन तस्करी र भेपको सुन तस्करीमा कमजोरी देखिएपछि सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्य र दुई डीएसपी यसअघि नै तानिएका थिए ।  शुक्रबार थप चार इन्स्पेक्टर तानिएका हुन् ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार इन्स्पेक्टर रन्जित लामा, सुरेश खत्री, कृष्ण श्रेष्ठ र वकिल सिंहलाई सीआईबीबाट हटाइएको हो । लामा र खत्रीलाई प्रहरी प्रधान कार्यालय र सिंह सशस्त्र प्रहरी गण नम्बर १ तथा इन्सपेक्टर कृष्ण श्रेष्ठलाई पहरा गणमा काज सरुवा गरिएको छ ।

डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगले सुन तस्करीसम्बन्धी अनुसन्धानमा खटिएका सीआईबीका प्रहरी अधिकारीको कमजोरी औंल्याएको थियो । आयोगको प्रतिवेदनपछि एआईजी बज्राचार्य, डीएसपी दुर्गा दाहाल र रुगम कुवँरलाई यस अघि नै प्रहरी प्रधान कार्यालय तानिएका थिए ।  त्यस्तै, नुवाकोटका एसपी संजय थापालाई समेत नुवाकोटबाट तानिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro