site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बीएस्सी नर्सिङ र बीएमएसको पाठ्यक्रम एउटै भएको शिक्षा मन्त्रालयको निष्कर्ष

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयअन्तर्गत ब्याचलर इन मिडवाइफ्री साइन्स (बीएमएस) र बीएस्सी मिडवाइफ्रीको पाठ्यक्रम एउटै भएको निष्कर्ष निकालेको छ । 

शिक्षामन्त्री सुमना श्रेष्ठसँग शुक्रबार चिकित्सा शिक्षा आयोग, नर्सिङ काउन्सिल, त्रिवि लगायतका पदाधिकारीबीच भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो । त्रिविअन्तर्गत नर्सिङ क्याम्पस महाराजगञ्जमा अध्ययनरत बीएमएसका विद्यार्थीले पाठ्यक्रम जुधेको भन्दै आन्दोलन गरेका थिए । 

छलफलमा बीएस्सी मिडवाइफ्रीकै पाठ्यक्रम बीएमएसका लागि समेत लागु हुने र सो पाठ्यक्रम त्रिविबाट स्वीकृत भएको त्रिवि उपकुलपति डा. केशरजंग बरालले जानकारी दिएका थिए । साथै पाठ्यक्रमबारे सबै सरोकारवाला निकाय जानकार रहेको पनि छलफलमा बताइएको थियो । दुवै विषय अध्ययन गरेका विद्यार्थीलाई नर्सिङ परिषद्को परीक्षामा सहभागी हुन समस्या नहुने परिषद्ले जनाएको छ । 

यी दुई विषयमा उपाधि भने फरक–फरक हुने बैठकको ठहर छ । पाठ्यक्रमबारे अन्यौलता हटेपछि महाराजगञ्ज नर्सिङ क्याम्पसमा आन्दोलन स्थगित भइ पठनपाठन अघि बढाउन सूचित गरिएको छ । 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro