site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नेपाली नाटकमा विशेष विमर्श सम्पन्न
Sarbottam CementSarbottam Cement

काठमाडौं । कविडाँडा साहित्य समाज, चितवनले काठमाडौंस्थित सर्वनाम थिएटरसँग सहकार्य गर्दै एक दिने ‘राष्ट्रिय नाटक विमर्श’ सम्पन्न गरेको छ । शनिबार सर्वनाममा आयोजित कार्यक्रममा कविडाँडा साहित्य समाजले चर्चित नाटककार मनबहादुर मुखियालाई १० हजार नगद राशिसहित ‘कविडाँडा साहित्य सम्मान’ द्वारा सम्मानित गर्यो । सोही अवसरमा नाटककार अभि सुवेदीलाई ‘कविडाँडा विशेष सम्मान’बाट सम्मानित गरियो । 

कार्यक्रममा प्रा.डा. सावित्री कक्षपतीले ‘उत्तरवर्ती नेपाली नाटकको विकासक्रम’ तथा डा. अशोक थापाले ‘नेपाली रंगमञ्चमा नाट्यप्रविधिको विकासक्रम : लालटिनदेखि ल्यापटपसम्म’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।  सोही अवसरमा ‘सीमान्तीकृत स्वरहरूको प्रतिबिम्वनमा नेपाली रङ्गमञ्च’ विषयमा परिचर्चा सम्पन्न भएको थियो । कार्यक्रमको अवधारणापत्र साहित्यकार महेश पौड्यालले गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रमका प्रमुख अतिथि अभि सुवेदीले बालकृष्ण समको विरासतलाई अषेश मल्लले निरन्तरता दिएको बताए । नाट्यकर्मी मनबहादुर मुखियाले विगतका दिनमा नाटक मञ्चनका अप्ठ्याराहरूको चर्चा गर्दै यसका आजका उपलब्धिहरू गौरवयोग्य भएको बताए । उक्त अवसरमा कविडाँडा साहित्य समाजका अध्यक्ष एल.बी. क्षेत्रीले समाज साहित्यका सबै विधाप्रति उत्तिकै संवेदनशील भएको हुँदा नाटकलाई पनि आफ्नो चिन्तनको केन्द्रमा राखेको बताए । कार्यक्रममा सर्वनामका अशेष मल्लले पनि आफ्नो अवधारणा राखेका थिए ।

कार्यक्रममा समालोचक प्रा.डा. सावित्री कक्षपतीको ‘वाचिक अभिव्यञ्जना, प्रह्लाद नाटकका सन्दर्भमा’ शीर्षकको समालोचना ग्रन्थको लोकार्पण गरिएको थियो ।  कार्यक्रमको अन्त्यमा अशेष मल्ल लिखित ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ नाटक मञ्चन गरिएको थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ०९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC