site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
काशीनाथ न्यौपानेको ‘अशून्यम्’ लोकार्पित

काठमाडौं । वैदिक तथा आध्यात्मिक साहित्यका विभिन्न पुस्तक प्रकाशनमा ल्याइसकेका साहित्यकार काशीनाथ न्यौपानेको नवीनतम उपन्यास ‘अशून्यम्’ एक समारोहकाबीच लोकार्पण गरिएको छ ।

शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रा.डा. जयराज आचार्य, प्रा.डा. सर्वराज आचार्य, डा. पद्मप्रसाद देवकोटा, प्रभा कैनी तथा उपन्यासकार न्यौपानेले कृति लोकार्पण गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रममा प्रा.डा. जयराज आचार्यले व्यास भूमिलाई कर्मथलो बनाउँदै आएका न्यौपानेको यो उपन्यास अत्यन्तै महत्त्वपूर्ण कृति भएको उल्लेख गर्दै यस पुस्तकले हरेकलाई चिन्तन गर्न प्रेरणा दिने बताए । डा. पद्मप्रसाद देवकोटाले यो उपन्यास काल्पनिक सत्यतिर लम्केको जस्तो लाग्ने बताए ।

उक्त अवसरमा प्रा.डा. सर्वराज आचार्य, प्रभा कैनी र भुपेन्द्र खडकाले पनि एउटा गहन कृति औपन्यासिक बजारमा आएको उल्लेख गरे । यो उपन्यासलाई बुक हिलले बजारमा ल्याएको हो ।

कार्यक्रममा उपन्यासकार न्यौपानेले शास्त्रहरूको अध्ययन र चिन्तनबाट यो उपन्यासको सिर्जना भएको उल्लेख गरे । कथाका माध्यमबाट दर्शनका बारेमा केही भन्ने प्रयास गरिएको उनले बताए ।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ०८:४९
प्रतिक्रिया दिनुहोस्