site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
खेल क्षेत्रको विकासका निम्ति सोमबारदेखि ‘एक्सन’ लिन्छु : मन्त्री श्रेष्ठ
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । युवा तथा खेलकुदमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले खेल क्षेत्रसँग सम्बन्धित नियुक्ति स्वस्फूर्त र निष्पक्ष हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा उनले खेलाडीहरू विदेश पलायन नहुने गरी काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।

खेल क्षेत्रको विकासका निम्ति आउँदो सोमबारदेखि ‘एक्सन’मा काम गर्ने उनले प्रतिबद्धता जनाए । “युवा तथा खेलकुद मन्त्रालयमा हामीले धेरै कुरा सुरु पनि गरेका छाँै । यो सोमबारबाट धेरै एक्सन पनि तपाईंहरूले पाउनुहुनेछ । त्यो पनि गर्दै छु,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

खेल क्षेत्रमा राजनीतिक नियुक्तिले धेरै ठाउँ बिग्रिएको उनले उल्लेख गरे । अबका दिनमा राजनीतिक नियुक्ति खेल र खेलाडीको विकासका निम्ति हुने उनले बताए ।

स्काउटको जग्गा हडपेर बसेको विषय स्पष्ट भएको उनले सुनाए । अब जग्गा फिर्ता लिने उनले बताए । रास्वपाले ०८४ सम्म सुत्न छोडेर भए पनि देश विकासका निम्ति काम गर्नुपर्ने उनको भनाइ छ ।

Global Ime bank

उनले खेलकुद मन्त्रालयको स्थिति नाजुक रहेको र अबका दिनमा माथि लैजाने उनले प्रतिबद्धता व्यक्त गरे । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  २२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय