site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
होलीमा सम्भावित दुर्घटना न्यूनीकरण गर्न काठमाडौंमा नौ सय ट्राफिक प्रहरी परिचालित हुँदै 
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले होली पर्वलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकाका तीनवटै जिल्लाको सडकमा ठूलो संख्यामा ट्राफिक प्रहरी खटाउने भएको छ ।

कार्यालयले होली पर्व मनाउने क्रममा हुनसक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै यसवर्ष उपत्यका प्रवेश गर्ने नाका र अन्य ९० स्थानमा बिहान ७ बजेदेखि चेक गर्ने व्यबस्था मिलाएको छ । 

३० ओटा मोबाइल भ्यान परिचालन गरी आवश्यकता बमोजिम मोबाइल गस्ति तथा चेक प्वाइन्ट समेत राखिने प्रहरीले जनाएको छ । 

नौ सयभन्दा बढी ट्राफिक प्रहरी खटिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताएका छन् । 

अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, मोडिफाई गरि ठूलो आवाज निकाल्ने, तीनजना चढ्ने, हेल्मेट नलगाउने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल कुदाउनेलाई कारबाही गरिने प्रहरीले जनाएको छ ।

विशेषगरी मादक पदार्थ र लागु पदार्थ सेवन गरी सवारी चलाउने चालकहरुलाई कडाईका साथ जाँच गर्ने व्यवस्था मिलाइएको श्रेष्ठले जानकारी दिए । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  ०९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro