site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
पोखरेलको लघुकथाकृति ‘कसका लागि’ सार्वजनिक

काठमाडौं । साहित्यकार लक्ष्मी पोखरेलद्वारा लेखिएको लघुकथाकृति ‘कसका लागि’ एक समारोहकाबीच सार्वजनिक गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शुक्रबार विराटनगरमा कार्यक्रम आयोजना गर्दै कृति सार्वजनिक गरेको हो । कार्यक्रममा साहित्यकार प्रा. कविराज न्यौपाने, साहित्यकार विवश पोखरेल, मधु पोखरेल, गंगा सुवेदी लगायतले कृति संयुक्तरूपमा सार्वजनिक गरे ।
 
कृतिमाथि बोल्दै प्रा.डा. हरिहर भण्डारी र साहित्यकार भूषण ढुंगेलले पुस्तकको चिरफार गरेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

 

 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  २१:५१
प्रतिक्रिया दिनुहोस्