site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
गजलकारहरू बूँद राना र विनोद बिम्बित पुरस्कृत हुँदै 

काठमाडौं । नेपाल गजल प्रतिष्ठानले अग्रज र अनुज गरी दुई गजलकारलाई पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ ।
 
प्रतिष्ठानले पहिलो पटक प्रदान गर्न लागेको ‘पद्मिल गजल बहार पुरस्कार तथा सम्मान–२०८०’ गजलकार बूँद रानालाई प्रदान गर्ने भएको छ । त्यस्तै ‘के लत बस्यो मलाई गजल पुरस्कार तथा सम्मान–२०८०’ नवोदित गजलकार विनोद बिम्बितलाई प्रदान गरिनेछ । 

पुरस्कारका साथ गजलकार रानालाई नगद राशि ३५ हजार तथा अर्का गजलकार बिम्बितलाई नगद राशि १५ हजार रुपैयाँ प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘पद्मिल गजल बहार पुरस्कार तथा सम्मान’को स्थापना दीपशिखा शर्माले गरेका हुन् भने ‘के लत बस्यो मलाई गजल पुरस्कार तथा सम्मान’को स्थापना प्रदीपकुमार मैनालीले गरेका हुन् । 

दुवै पुरस्कार तथा सम्मान प्रतिष्ठानले वार्षिक उत्सवको अवसर पारेर यही चैत १७ गते समर्पण गरिनेछ । सोही दिन प्रतिष्ठानले सांगीतिक गजल गुञ्जन कार्यक्रमको आयोजना गर्नेछ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १३:५२
प्रतिक्रिया दिनुहोस्