site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘मैनाली कथा पुरस्कार’ पौडेललाई 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । साहित्यिक पत्रकार संघले २०८० सालको ‘मैनाली कथा पुरस्कार’ कथाकार नरेन्द्रराज पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ । संघको हालै बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको अध्यक्ष राधेश्याम लेकालीले जनाएका छन् ।
 
पुरस्कारका साथ नगद राशि ५१ हजार समेत प्रदान गरिने जनाइएको छ । कथाकार पौडेलका मेटिएका रेखाहरू (२०५२), फट्टिकको खम्बा (२०५३), पर्खाल बाहिर (२०५८), स्वप्नयात्रा (२०६२), रोबोटका आँखा (२०७३) लगायत कथाकृतिहरू प्रकाशित छन् । 

यसअघि मैनाली कथा पुरस्कारबाट भाउपन्थी, मनु ब्राजाकी, मोहनराज शर्मा, माया ठकुरी, जगदिश घिमिरे, प्रेमा शाह, खगेन्द्र संग्रौला, पद्मावती सिंह, भागिरथी श्रेष्ठ, सनत रेग्मी, राजव, अविनाश श्रेष्ठ, किशोर पहाडीसहित अन्य कथाकारहरू पुरस्कृत भइसकेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १३:४४
प्रतिक्रिया दिनुहोस्