site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मोमिलाको निबन्धकृति ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ सार्वजनिक  
Sarbottam CementSarbottam Cement

काठमाडौं । कवि तथा निबन्धकार मोमिलाको नवीनतम निबन्धकृति ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ एक समारोहबिच लोकार्पित भएको छ ।

बिहिबार सर्वनाम नाट्य घरमा आयोजित कार्यक्रममा एलबी क्षेत्री, अशेष मल्ल, डा. विमल कोइराला, प्रा.डा. सावित्री कक्षपती, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, कृतिकार मोमिलालगायतले निबन्धसंग्रह सार्वजनिक गरे । 

उप्रान्त नाट्यस्वरूपमा कृतिमाथि विहङ्गम छलफल गरियो । कटघरामा खडा भएकी कृतिकार मोमिला र उनको कृतिमाथि केही अभियोग लगाइयो । कृतिकार मोमिलाले सफाइमा केही वैचारिक अभिव्यक्ति दिइन् । र, आफू वक्ररेखामा हिँड्न रुचाउने दृष्टिकोण प्रस्तुत गर्दै महिला आफैंमा एक नायक भएको बताइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

साहित्यकार मोमिलाले यस कृतिका निबन्धहरूको आधार पञ्च भौतिक तत्व भएको उल्लेख गर्दै आफ्ना ललित निबन्धहरूले भरिएको सँगालो भावकहरूलाई सुम्पिएको बताइन् ।

साक्षीका रूपमा रहेकी वक्ता साहित्यकार समालोचक प्रा.डा. सावित्री कक्षपतीले मोमिलाले यस कृति मार्फत् एक किसिमको जीवन दर्शन निर्माण गरेको बताइन् । उनले कृतिभित्र आवाजविहीनहरूको आवाज समेटिएको उल्लेख गरिन् ।  

Global Ime bank

अर्का साक्षी वक्ता साहित्यकार केशव सिग्देलले मोमिलाले जीवनका अनेक रङ्गहरू यस कृति मार्फत् प्रस्तुत गरेको बताउँदै मोमिला सत्यको पछाडि लाग्ने सर्जक भएको उल्लेख गरे ।

नवीन प्रयोगकासाथ प्रस्तुत कृति सार्वजनिक समारोहमा न्यायाधीशको भूमिकामा रहेका नाट्यकर्मी अशेष मल्लले यस कृतिमा रहेका मोमिलाका निबन्धहरू पूर्वीय दर्शनको जगमा उभिएको उल्लेख गरे । उनले कृतिका निबन्धहरू लालित्यपूर्ण रहेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि एलबी क्षेत्री र सहजकर्ता महेश पौड्यालले पनि मोमिलाको कृतिका बारेमा बोलेका थिए । 

कृति सार्वजनिक प्रस्तुति पनि नाट्य झैँ सो अवसरमा उपस्थित साहित्यकार तथा साहित्यका मर्मज्ञहरूले कृति सार्वजनिकीकरणको नाट्य प्रस्तुति हेरेको अनुभूति गरिरहेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  २२:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC