site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा ठूलो विनाश भूकम्प, बाढी र पहिरोबाट, ४० वर्षमा एक करोड २० लाखभन्दा बढी मानिस प्रभावित
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । संयुक्त राष्ट्रसंघको एक अध्ययनले नेपालमा मानवीय र आर्थिक प्रभावको हिसाबले सबैभन्दा ठूलो विनाश गर्ने विपद्का घटनामा भूकम्प, बाढी र पहिरो देखाएको छ । 

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले तयार पारेको ‘कन्ट्री डायग्नोस्टिक अन इन्क्लुसिभ इन्सुरेन्स एण्ड रिस्क फाइनान्स फर नेपाल’ प्रतिवेदनमा भूकम्प, बाढी र पहिरोले नेपालमा सबैभन्दा ठूलो क्षति गर्ने गरेको औल्याइएको छ ।

“नेपाल जलवायु परिवर्तनबाट विश्वमा सबैभन्दा बढी प्रभावित र प्राकृतिक तथा गैर–प्राकृतिक प्रकोपको प्रभावबाट उच्च जोखिममा रहेको मुलुक हो,” प्रतिवेदनमा भनिएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेपालले बाढी, पहिरो, भूकम्प, उच्च तापक्रम, महामारी, खडेरी, वन डढेलो, चट्याङ, लु, शीतलहर, हिमपहिरो, असिना, हिमपात, हिउँआँधी जस्ता प्राकृतिक विपदका घटना बेहोर्दै आएको छ । आगलागी र सडक दुर्घटनाले पनि नेपालमा ठूलो क्षति गर्दै आएको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनमा भनिएको छ, “प्राकृतिक प्रकोपहरूमध्ये नेपालमा मानवीय र आर्थिक प्रभावको हिसाबले सबैभन्दा ठूलो विनाश भूकम्प, बाढी र पहिरोले गरेका छन् ।” 

Royal Enfield Island Ad

सन् १९८० देखि २०२० सम्मको ४० वर्षको अवधिमा भूकम्प, बाढी र पहिरोका घटनाबाट नेपालमा १ करोड २० लाख ७६ हजार मानिस प्रभावित भएको प्रतिवेदनमा जनाइएको छ । 

उक्त अवधिमा नेपालमा सबैभन्दा बढी भूकम्पका घटनाबाट प्रभावित भएका छन् । प्रतिवेदनअनुसार ४० वर्षको अवधिमा भूकम्पका घटनाबाट ६० लाखभन्दा बढी, बाढीबाट ५७ लाख र पहिरोका घटनाबाट ३ लाख ७६ हजार मानिस प्रभावित भएका छन् । 

जलवायु परिवर्तनका कारण विशेषगरी पश्चिमी तराईका समतल क्षेत्रमा खडेरी बढ्दो खतराको रुपमा देखिएको प्रतिवेदनमा जनाइएको छ ।  सन् १९८० देखि २०२० सम्मको अवधिमा खडेरीबाट ५ लाख मानिस प्रभावित भएको तथ्याङ्क प्रतिवेदनमा प्रस्तुत गरिएको छ । 

“नेपालमा भूकम्प, बाढी र पहिरोका कारण हुने क्षतिहरु उल्लेखनीय छन् । यसकारणले गर्दा नेपाल सरकारले आफ्नो ‘डिजास्टर रिक्स फाइनान्सिङ’ रणनीति र कार्यान्वयनमा यी तीनवटा खतराहरुलाई प्राथमिकता दिएको छ,” प्रतिवेदनमा भनिएको छ । 

प्रतिवेदनमा सन् १९८० देखि २०२० सम्मको अवस्थालाई चित्रण गर्न यूएनडीपीले विश्व बैंकको तथ्याङ्क सापट लिएको छ । 

उक्त अवधिमा नेपालमा भूकम्पले ६ अर्ब ११ करोड १४ लाख अमेरिकी डलर, बाढीले ५ अर्ब ६६ करोड ५० लाख ५३ हजार अमेरिकी डलर, पहिरोले ३७ करोड ५६ लाख ३० हजार अमेरिकी डलर, विभिन्न महामारी (कोभिड बाहेक)ले १६ करोड ९७ लाख ७३ हजार अमेरिकी डलर र खडेरीले ५० करोड ३० लाख अमेरिकी डलर बराबरको आर्थिक क्षति गरेको छ । 

सन् १९८० देखि २०२० को अवधिमा भूकम्प, बाढी, पहिरो, खडेरी, महामारी, हावाहुरी, उच्च तापक्रम र वन डढेलोका घटनाले नेपालमा १२ अर्ब ९१ करोड ९२ लाख ७९ हजार अमेरिकी डलर बराबरको आर्थिक क्षति गरेको विश्व बैंकको तथ्याङ्कले देखाउँछ ।

प्रतिवेदन अनुसार सन् २०१२ देखि २०२० सम्म नौ वर्षको अवधिमा भूकम्प, बाढी र पहिरोका घटनाले नेपालमा ६ अर्ब १० करोड ४१ लाख २३ हजार अमेरिकी डलर बराबरको क्षति गरेको छ । 

नौ वर्षमा भूकम्पले मात्रै कुल विपद् क्षतिको ८५ प्रतिशत हिस्सा ओगटेको जनाइएको छ । उक्त अवधिमा भूकम्पले ५ अर्ब १७ करोड ४० लाख अमेरिकी डलर बराबरको क्षति गरेको छ । सो अवधिमा दोस्रो ठूलो क्षति बाढीले गरेको छ । 

बाढीका कारण ९१ करोड ५० लाख अमेरिकी डलर बराबरको क्षति भएको थियो । पहिरो घटनाले भने १ करोड ५० लाख अमेरिकी डलर बराबरको क्षति भएको विवरण प्रतिवेदनमा छ ।

‘नेपाल डिजास्टर रिपोर्ट, २०१९’ लाई उद्धृत गर्दै यूएनडीपीको प्रतिवेदनमा आर्थिक वर्ष सन् २०१७÷१८ मा नेपालमा प्राकृतिक र गैर–प्राकृतिक प्रकोपका ६ हजारभन्दा बढी घटना भएको उल्लेख गरेको छ । 

ती घटनामा ९ सयभन्दा बढी मानिसको ज्यायन गएको र ६ अर्ब ८४ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको जनाइएको छ । 

नेपाल सरकारसँग विपद् सम्बन्धी पर्याप्त जानकारी नभए पनि पछिल्ला घटनाक्रमहरुको आधारमा विपद्का घटनाबाट नेपालले औषतमा वर्षेनी ११ अर्ब रुपैयाँ बराबरको क्षति बेहोर्दै आएको प्रतिवेदनमा उल्लेख छ । 

प्रत्येक १०० वर्षमा एक वर्ष नेपालले विपद्का घटनाबाट बढीमा १ खर्ब ४४ अर्ब रुपैयाँसम्मको क्षति बेहोर्ने गरेको तथ्याङ्क प्रतिवेदनमा भेटिन्छ । प्रतिवेदनअनुसार सन् १९८० देखि २०११ सम्मको अवधिमा भूकम्पका घटनाले नेपालमा ३० करोड ५० लाख अमेरिकी डलर बराबरको आर्थिक नोक्सानी गरेको छ । 

सोही अवधिमा बाढीले ४० करोड ४० लाख ४० हजार अमेरिकी डलर बराबरको आर्थिक क्षति गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सन् २०१२ देखि २०२० सम्मको अवधिमा नेपाल सरकारले विपद्का घटनापछिको प्रतिक्रियाका लागि कुल ४ खर्ब ५१ अर्ब ४५ करोड रुपैयाँ खर्च गरेको छ । 

औषतमा उक्त अवधिमा नेपाल सरकारले प्रत्येक वर्ष ५० अर्ब रुपैयाँ विपद्पछिको प्रक्रियामा खर्च गरेको प्रतिवेदनमा जनाइएको छ । 

“विकासका लाभहरू भए पनि, जलवायु परिवर्तन र सहरीकरणले आर्थिक र मानव विकासलाई खतरामा पारेको छ । तसर्थ, हामीले विपद् जोखिम सम्बोधन गर्ने र न्यूनीकरण गर्ने तरिकाहरू खोज्नु आवश्यक छ,” प्रतिवेदनमा भनिएको छ । 

जोखिम कम गर्ने उपायले नेपालको विकास, प्रगति र नेपाली जनताको जीवन सबै सुरक्षित राख्नेछ । प्रतिवेदनमा विपद् सम्बन्धी विभिन्न संघसंस्थाले सार्वजनिक गर्ने सूचकांकमा नेपालको अवस्था के कस्तो देखाएका छन् भन्नेलाई पनि समेटिएको छ । 

ती सूचकांकमा विपद्का घटनाका हिसाबले नेपाललाई जोखिमपूर्ण देश देखाइएको छ । ‘ग्लोबल जलवायु जोखिम सूचकांक, २०००–२०१९’ मा नेपाललाई विश्वका सबैभन्दा बढी मौसमी घटनाबाट प्रभावित १०औं देशमा राखिएको छ । 

मानवीय र आर्थिक क्षतिका हिसाबले यो सूचि तयार पारिएको हो । विश्व जोखिम सूचकांकमा नेपाललाई उच्च जोखिम भएको राष्ट्रमा राखिएको छ ।  एक्सपोजर, जोखिम, संवेदनशीलता, जोखिमको सामना गर्ने क्षमता, क्षमताको अभाव जस्ता विषयको अध्ययन गरी विश्व जोखिम सूची तयार गरिन्छ । 

विश्वका १९२ देशलाई समेटिएको यो सूचीमा नेपाल १३१औं स्थानमा छ । ‘नोट्रे डेम ग्लोबल एडप्सन् इनिसिएटिभ, २०२०’ सूचकांकमा समेटिएका १८१ देशमा नेपाल १२६औं स्थानमा छ । सबैभन्दा कम जोखिम भएको राष्ट्र नम्बर १ मा र सबैभन्दा बढी जोखिम भएको राष्ट्र अन्तमा पर्नेगरी सूची बनाइएको थियो । जलवायु परिवर्तनको असरलाई ध्यान दिई सूची तयार पारिएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ०९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro