काठमाडौं । साहित्यिक पत्रकार संघले कवि ठाकुर बेलबासेलाई २०८० सालको ‘व्यथित काव्य सम्मान’ प्रदान गर्ने जनाएको छ । त्यस्तै ‘व्यथित काव्य डायस्पोरा सम्मान’ कवि खेमनाथ दाहाललाई प्रदान गर्ने जानकारी दिएको छ ।
साहित्यकार प्रमोद प्रधानको संयोजनमा साहित्यकारहरू पद्मावती सिंह र श्रीओम श्रेष्ठ ‘रोदन’ सम्मिलित समितिको सिफारिसलाई संघको कार्यसमितिले अनुमोदन गर्दै निर्णय गरेको अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिएका छन् ।
कवि बेलबासेका सागरको वरिपरि मनहरूको समारोह (२०५८), अचानक यो साँझ (२०६६), त्रासमा ईश्वर र अन्य कविताहरू (२०६९), यतै कतै (२०७७) कविताकृति प्रकाशित छ ।
कवि खेमनाथ दाहालका श्वेतपत्र (महाकाव्य), रश्मि (खण्डकाव्य) तथा श्रद्धाञ्जलि, योद्धा, हाबर्डको चौतारीमा, म त बन्दी भएको छु, लगायतका कविताकृति प्रकाशित छ ।