site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
२० वर्षदेखि जित खोजिरहेको विश्वकै ‘खराब’ राष्ट्रिय फुटबल टिम 

काठमाडौं । पछिल्लो १७ वर्षदेखि सान मारिनोको राष्ट्रिय टिमबाट खेलिरहेका कप्तान माटेओ भिटाइओली देशबाट सबैभन्दा धेरै अन्तर्राष्ट्रिय फुटबल खेल्ने खेलाडी हुन् । तर, उनले अझैसम्म जितको खुसियाली मनाउन पाएका छैनन् ।

दुई दशक र १३६ खेल भइसक्दा पनि सान मारिनोले अझै जित निकाल्न सकेको छैन । विश्वको पाँचौं सबैभन्दा सानो देश, जसले फुटबल इतिहासमा एक पटकमात्र जित निकालेको छ । 

“सबैभन्दा खराब अनुभव सन् २०११ मा नेदरल्यान्ड्सविरुद्धको खेलको रह्यो, जुन ११–० को स्कोरमा समाप्त भएको थियो,” भिटाइओलीले भने, “खेल समाप्त हुन अझै धेरै समय बाँकी हुँदा नै उनीहरूले नौ गोल गरिसकेका थिए । मलाई याद छ, समर्थकहरू अझै धेरै गोलका लागि नेदरल्यान्ड्सको समर्थनमा नारा लगाइरहेका थिए ।”

Dabur Nepal
NIC Asia

इटालीबाट घेरिएको र मनमोहक माउन्ट टिटानोले छेकिएको सान मारिनोको जनसंख्या ३३ हजार र क्षेत्रफल ६१ वर्गकिलोमिटर छ । यो इंग्ल्यान्डको सहर म्यानचेस्टर युनाइटेडभन्दा आधा क्षेत्रफल हो । 

san-1-1710927458.jpg
विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयताअनुसार यो विश्वकै सबैभन्दा खराब राष्ट्रिय फुटबल टिम हो । जसले हालसम्म खेलेका २०१ खेलमध्ये १९२ खेलमा हार व्यहोरेको छ ।

तर, भिटाइओली र उनको सहकर्मीलाई अब भने देशबाट नयाँ इतिहास लेख्ने मौका छ । सान मारिनोभन्दा ६३ स्थानमाथि रहेको क्यारेबियन राष्ट्र सेन्ट किट्स एन्ड नेभिसले दुई मैत्रीपूर्ण फुटबलका लागि २१०औँ स्थानको सान मारिनोको भ्रमण गर्दै छ । सान मारिनोले आज राति र सोमबार गरी सेन्ट किट्स एन्ड नेभिससँग दुई मैत्रीपूर्ण फुटबल खेल्दै छ ।

“यो (जित) मेरो राष्ट्रको इतिहासमा रहिरहनेछ । यसैकारण यो हाम्रो अन्तिम लक्ष्य हो,” ३४ वर्षीय भिटाइओलीले भने, “यसमा एक छाप छोड्ने अवसर छ । जुन कहिल्यै हराउँदैन । यो सन् २०५० सम्म पनि सम्झनामा रहिरहनेछ । किनकी त्यसबेलासम्म पनि निकै कम जित हुनेछन् ।”

सान मारिनोले एकमात्र जित सन् २००४ मा निकालेको थियो । त्यसबेला यो देशले लिचेस्टाइनविरुद्ध मैत्रीपूर्ण फुटबलमा १–० को जित निकालेको थियो । जसमा देशकै उच्च गोलकर्ता समेत रहेका एन्डी सेल्भाले निर्णायक गोल गर्दै सान मारिनोको इतिहासमा लोककथा जस्तै बन्ने जित सुनिश्चित गरेका थिए । सान मारिनोबाट सेल्भाले आठ गोल गरेका छन् ।

त्यसयता सान मारिनोको मुख्यतया युवा खेलाडीहरूले जितको भोक भेट्टाउने इच्छा राखिरहेका छन् । 

san-marino-1-1710927536.jpg
ग्राफिक डिजाइनर समेत रहेका भिटाइओलीले भर्खरैमात्र आफ्नी छोरीको जन्मदिन मनाए । अन्तर्राष्ट्रिय फुटबलसँगै दैनिक आवश्यकताबीच सन्तुलन बनाउने अभ्यास गरिरहेका भिटाइओली आफ्नो कामपछि अपराह्न प्रशिक्षण गर्छन् ।

“यो निकै कठिन छ । तर, आफ्नो देशको राष्ट्रिय टिमको माया र अन्तर्राष्ट्रिय फुटबलमा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नु ठूलो अवसर हो । यहाँ धेरै यस्ता व्यावसायिक खेलाडी छन्, जसले राष्ट्रिय टिममा मौका पाउँदा र खेल खेल्दा हामी जसरी सम्मान पाउँदैनन् । यसले मेरो संर्घसलाई सार्थक बनाउँछ,” भिटाइओली भन्छन् ।

जितविहीन दशकका, दुई अंकको पीडादायी हार र कुनै पनि ठूलो प्रतियोगितामा छनोट हुने शून्य सम्भावनाका बावजुद नम्र व्यवहारका कारण सान मारिनोका खेलाडीहरू एकसाथ रहन्छन् । सान मारिनोले सन् २००६ मा जर्मनीसँग सबैभन्दा ठूलो १३–० को हार व्यहोरेको थियो ।

उनीहरूमा सानो कुरामा पनि ठूलो खुसी देखिन्छ । ठूलो हार हुँदा पनि एक गोल गर्नु वा गोलरहीत बराबरी खेल्नुले सान मारिनोको खुसी मिल्छ ।  

“म पछिल्लो २० वर्षदेखि राष्ट्रिय टिममा छु । मुख्य कुरा सबै समूहमा टिमको भावना र खेलाडीहरूमा टिम बनाउनसक्ने क्षमता हुनुपर्छ,” भिटाइओलीले भने, “ठूलो टिमसँग खेल्दा उनीहरू कठिन बन्न सक्छन् । त्यसबेला यदि, टिमका खेलाडीहरू एक बलियो समूह बन्न सकेन भने त्यो हारले कठिन पीडा दिन्छ । हामी राष्ट्रको सम्मान बाँडिरहेका एक समूह हौँ, जसले आइपर्ने पीडा पनि बाँड्नुपर्छ ।”

सान मारिनोको टिममा प्रगतिको लक्षण देखिन्छन् । सान मारिनोले दुई वर्षसम्मको गोलको खडेरी तोड्दै गएको अक्टोबरमा युरो–२०२० को सेमिफाइनलिस्ट डेनमार्कविरुद्ध गोल गरेको थियो । यो गोलपछि उनीहरूको हर्षोल्लास बेग्लै थियो । 

उनीहरूले सन् २०२४ को युरो छनोटमा डेनमार्कसँग २–१ को हार व्यहोरेका थिए । तर, यो खेल उनीहरूको कीर्तिमानी यात्राको पहिलो पाइला समेत बन्न पुग्यो ।

san-marino-1710927625.jpg
डेनमार्कसँगको खेलपछि उनीहरूले काजाखस्तानसँग पनि गोल गरे । त्यो उनीहरूले १८ वर्षपछि लगातार खेलमा गरेको गोल थियो । सान मारिनोले काजाखस्तानसँग ३–१ सँग हार व्यहोर्यो र त्यसको चार दिनपछि फिनल्यान्डसँग ९७औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गरे पनि २–१ को हार बेहोर्यो ।

२०१४ मा एस्टोनियासँग गोलरहीत बराबरी खेल्नु टोलीसँग भिटाइओलीको सबैभन्दा खुसीको सम्झना हो । त्यसबेला उनीहरू युरोपियन च्याम्पियनसिपको छनोटमा एस्टोनियासँग प्रतिस्पर्धा गरिरहेका थिए । 

अब उनीहरू दोस्रो जितको लक्ष्यमा छन् । “सान मारिनोबाट दोस्रो जितको खुसियाली मनाउनु हाम्रो अन्तिम लक्ष्य हो । सायद त्यो नतिजा मेरा लागि अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट पल बन्नेछ । यो मेरो लागिमात्र नभई प्रशिक्षक, सहकर्मी र सान मारिनोका सबै मानिसका निम्ति सबैभन्दा खुसीको क्षण बन्नेछ,” टिमका विंगर फिलिप्पो बेरार्डीले भने ।

त्यो भावना जसरी नै जनवरीमा नियुक्त भएका प्रशिक्षक रोबर्टो सेभोलीको लक्ष्य सान मारिनोको कथा परिवर्तन गर्नेछ । आफ्नो देशको नेतृत्व गर्न पाउँदा गौरवान्वित प्रशिक्षक सेभोली सान मारिनोको फुटबललाई केही दिन चाहन्छन् । जसले आफ्नो खेलाडी र प्रशिक्षण दुवै करिखर सान मारिनोबाटै सुरु गरे । २० वर्षको पर्खाइ अन्त्य गर्नुभन्दाको ठूलो अनुभव सेभोलीका लागि अरु पक्कै हुने छैन ।

“म कुनै पनि सीमाबिना सपना बुन्न चाहन्छु । म अरु राष्ट्रिय टिमबाट आउने समस्याहरूबारे राम्रो जानकार छु । तर, म टिमले देखाएको प्रगतिलाई निरन्तरता दिन चाहन्छु । यदि, हामीले जितको साथ सुरु गर्न सक्छौँ भने त्यो ठूलो उपलब्धि हुनेछ । यो खेलाडी, अफिसियल र सान मारिनो फुटबलका लागि महान कार्य हुनेछ,” सेभोली थप्छन् ।

“यो सजिलो हुने छैन । हामी खेलमा हजारौँ समस्याहरू पार गर्नेछौँ । हामी पूर्ण रूपमा सचेत छौँ । तर, हाम्रा खेलाडीहरूले राम्रो गरिरहेका छन्,” उनी भन्छन्, “राम्रो तरिकाले प्रशिक्षण गरिरहेका छन् । र, हामी आशा गर्छौँ कि हामीले जित हासिल गर्न सक्छौँ, किन नसक्ने ?” बीबीसीबाट ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro