देश

काठमाडौं । लुटपाटको घटनामा प्रहरी वृत्त बानेश्वरका एक प्रहरीसहित दुईजना पक्राउ परेका छन् ।
उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा वृत्तका हवल्दार चक्रबहादुर शाहीसहित दुईजना छन् ।
उनीहरूले रातोपुलको एक होटेलबाट साढे सात लाख रुपैयाँ लुटपाट गरेको खुलेको छ । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान जारी राखेको छ ।
प्रकाशित मिति: बुधबार, चैत ७, २०८० १३:३०
प्रतिक्रिया दिनुहोस्