site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रेम सुवाल बोल्दा सभामुखले बस्न निर्देशन दिएपछि...
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । आकस्मिक समयमा बोल्नका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले दुई मिनेटको समय पाएका थिए । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले दुई मिनेटको समय तोकेका थिए । सुवालले नेपाल टेलिकमको फोनमा कुरा हुँदा बारम्बार लाइन बन्द हुने तर निजी बन्द नभएको भन्दै सरकारले कस्तो सेवा दिएको भन्दै प्रश्न गरे । 

उनले बाँकेस्थित भेरी अस्पतालमा थामिनसक्नु भीड भएको र बाहिर फार्मेसीमा औषधि महँगो भएको समाचार आएको सुनाए । उनले स्वास्थ्य बिमा खारेज गर्न माग गरे । 

सुवाल बोल्दै गर्दा सभामुख घिमिरेले आकस्मिक समयमा राख्ने कुरा नभएकाले बस्न आग्रह गरे । “मान्य सदस्य यहाँका विषय आकस्मिक समयभित्र आजैका हिजोका घटनाहरूमा आकर्षित भएको पाइएन । हिजै राखेका कुरा भएकाले मान्य सदस्यलाई आसन ग्रहण गर्न अनुरोध गर्छु,” उनले भने । 

माइक काटिए पनि सुवालले आसनग्रहण गर्न मानेनन् । उनले हिजोको घटना भन्दै बोल्न दिन आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro