site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कति पायो ‘महाजात्रा’ले शो ?

काठमाडौं । नेपाली कथानक चलचित्र ‘महाजात्रा’को प्रि–बुकिङ खुला भएको छ । क्यूएफएक्सलगायत सिनेमा हलले अग्रिम बुकिङ खुला गरेका हुन् । 

देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले ‘महाजात्रा’लाई काठमाडौं उपत्यकामा २९ शो उपलब्ध गराएको छ । काठमाडौं उपत्यका बाहिर क्यूएफएक्समा ३१ शो पाएको छ । नारायणघाट र वीरगन्जमा भने क्यूएफएक्सले शो उपलब्ध गराउन बाँकी छ । 

क्यूएफएक्सबाहेकका मल्टिप्लेक्सले पनि ‘महाजात्रा’लाई उच्च शो उपलब्ध गराएका छन् । 

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रमा विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, हरिवंश आचार्य, वर्षा राउतलगायत कलाकार सिनेमाको मुख्य भूमिकामा छन् । 

‘महाजात्रा’ यही चैत ९ गतेबाट रिलिज हुँदै छ । आकष्मिक रूपमा प्राप्त ठूलो पैसा व्यवस्थापनको झमेला नै सिनेमाको मुख्य कथा हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ११:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro