site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विराट गोल्डकप चैत १५ गतेदेखि

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिता यही चैत १५ देखि २४ गतेसम्म आयोजना हुने भएको छ । विराटनगरको सहिद रंगशालामा सञ्चालन हुने प्रतियोगितामा भुटान, भारत र नेपालका १० वटा टिम सहभागी हुने आयोगक विराट गोल्डकप ट्रस्टले जनाएको छ ।

मंगलबार पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष किशोर शाहीले प्रतियोगिता सहिद रंगशालामा फ्लड लाइटमा डे–नाइट खेलाइने बताए ।

प्रतियोगितामा विजेताले विजेताले ११ लाख र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । अघिल्लो वर्ष विजेताले २० लाख ५१ हजार र उपविजेताले १० लाख ५१ हजार रुपैयाँ पुरस्कार प्रप्त गरेका थिए । 

विराटनगरमा वि.सं २०१८ सालदेखि तत्कालीन राजा महेन्द्रको नामबाट प्रतियोगिता सुरु भएको थियो । २०६२/०६३ सालको जनआन्दोलनपछि नाम परिवर्तन गरेर २०६८ सालबाट विराट गोल्डकप राखिएको हो । 

गत वर्ष विराटनगर फुटबल क्लब प्रतियोगिताको विजेता बनेको थियो । भारत केरलाको लुका सकर क्लब उपविजेता थियो । 
 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro