राजनीति
पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई मातृशोक परेको छ । मेयर आचार्यकी आमा जमुना आचार्यको मंगलबार निधन भएको हो ।
मंगलबार बिहान चरक मेमोरियल अस्पतालमा ७२ वर्षको उमेरमा उनको निधन भएको मेयर आचार्यको सचिवालयले जनाएको छ ।
उनको मंगलबार नै तुलसीघाटमा अन्त्येष्टि गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८० १९:२२
प्रतिक्रिया दिनुहोस्