site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
उत्प्रेरणाका अजस्र स्रोत परशु प्रधान

काठमाडौं । प्रखर आख्यानकार तथा कथाशिल्पी परशु प्रधानको निधन भएको छ । सोमबार राति ८० वर्षको उमेरमा उनको निधन भएको हो । उनको अन्त्यष्टि मंगलबार बिहान पशुपति आर्यघाटमा गरियो । 

उनका सुपुत्रहरू प्रतीक प्रधान तथा प्रतिबोध प्रधानले मुखाग्नि दिए । 

नेपाली साहित्यमा समर्पित धेरै सर्जकहरूलाई लेखनप्रति उत्प्रेरणा दिने कथाकार प्रधानको जन्म भोजपुरमा भएको हो ।  विक्रमाब्द २००० सालमा जन्मिएका परशु प्रधानको साहित्यिक यात्रा भने १६ वर्षको उमेरदेखि नै प्रारम्भ भएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

Parshu_Pradhan_12Khariphotos-(9)-1710850937.jpg
 

प्रारम्भमा, युवावयको त्यस कालखण्डमा उनले प्रेमिल काव्यहरूको सृजना गर्दै गए । यसैक्रममा उनले लेखेको पहिलो कविता थियो ‘जीवन पथ’ । उप्रान्त उनले कविताहरू लेख्दे गए । कहिलेकाहीँ त उनी एकै रातमा २०–२२ वटा कवितासम्म लेखी भ्याउँथे ।

Parshu_Pradhan_12Khariphotos-(10)-1710850937.jpg
 

किशोरकालमा कविता लेखनमा सक्रिय प्रधानले त्यसपछि कथालाई आफ्नोे बाटो बनाए । आजभन्दा साढे छ दशकअघि पनि भोजपुरका युवाहरूमा साहित्यिक ऊर्जा अथाह रहेको थियो । 

कथाशिल्पी परशु प्रधानसँगै शैलेन्द्र साकार, मेघराज मञ्जुल, गणेश रसिक, हिरण्य भोजपुरे, कृष्ण जोशीलगायतका युवाहरूको क्रियाशीलतामा त्यहाँ साहित्यिक कार्यक्रम भइरहन्थ्यो । जसले साहित्यमा लाग्नेहरूलाई सर्वदा उत्साह दिन्थ्यो । उत्प्रेरणा दिन्थ्यो ।

श्रद्धाञ्जली अर्पणका लागि मध्यवानेश्वरस्थित प्रधानको घरमा उपस्थित सर्जकहरूले प्रधानको साहित्यिक निरन्तरतासँगै उनको उत्प्रेरक व्यक्तित्वको स्मरण गरे ।

Parshu_Pradhan_12Khariphotos-(11)-1710850937.jpg
 

आफूलाई साहित्यिक मार्गमा डो¥याउने व्यक्तित्व नै परशु प्रधान भएको साहित्यकार पवन आलोकको धारणा थियो ।

भोजपुरकै आलोकले अघिल्लो साँझ मात्रै कथाशिल्पी प्रधानसँग टेलिफोनमा कुराकानी गरेको सम्झना गर्दै भने, “मैले मेरो अभिभावक नै गुमाएँ ।”

नेपाली कथा साहित्यका धरोहरका रूपमा स्थापित आख्यानशिल्पी परशु प्रधानको कथाकारिताले आफूहरूलाई लेख्न सधैँ घच्घच्याइरहने कतिपय साहित्यकारहरूको भनाइ थियो । प्रधानका कथाहरू पढेरै आफूले कथा लेख्न थालेको बताउँदै थिइन् कथाकार मन्दिरा मधुश्री । 

Parshu_Pradhan_12Khariphotos-(12)-1710850937.jpg
 

साहित्यकार नरेन्द्रराज प्रसाईंले उपस्थित सर्जकहरू माझ आख्यानकार प्रधान आफैंमा एउटा सिङ्गो एकेडेमी भएको बताए । 

नेपाली आख्यान क्षेत्रका एक अविश्रान्त शिल्पि परशु प्रधानको निधनले साहित्यमा लाग्ने हरकोहीलाई स्तब्ध तुल्याएको छ । 

युवा आख्यानकार नयनराज पाण्डेले फेसबुक वालमा लेखेका छन् ः ‘श्रद्धेय परशु प्रधान दाइ ! तपाईंको देहको पो अवसान भएको हो । सिर्जनामा त हामी तपाईंलाई सधैँ सम्झिरहने छौं । पढिरहने छौं ।’

साहित्यकार तथा अनुसन्धाता प्रमोद प्रधान भेटमा कथाको एउटा युग सकिएको बताउँदै थिए । उनले आफ्नो फेसबुक वालमा पनि लेखेका छन् : ‘...परशु दाइ बित्नुभएको समाचारले उहाँसँगका सहकार्य थुप्रै सिलसिलाहरूको सम्झना आउनु स्वाभाविकै हो । एउटा युगको अवसान भएको छ । लेखनमा प्रयोग रुचाउने, नयाँ पुस्तालाई  सधैं उत्प्रेरित गर्ने र साङ्ठानिक नेतृत्वका माध्यमबाट साहित्यिक गतिविधिलाई अघि बढाउने जस्ता कार्यमा उहाँको योगदान कहिल्यै बिर्सन सकिन्न । डल्लेखोला, तिम्रो कथा लेखे निर्मला !, टोकियोको सानो बुद्ध, मारिजुवानाको देशमा, समुद्रमा अस्ताएको सूर्य, सीताहरूको कथा–शृङ्खला लगायतका उत्कृष्ट कथाहरूले उहाँलाई सधैं सम्झाई रहनेछन् । अलबिदा दाइ !’

Parshu_Pradhan_12Khariphotos-(5)-1710850936.jpg
 

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ट्विट गर्दै साहित्यकार परशु प्रधानप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनले लेखेका छन् ‘वरिष्ठ पत्रकार प्रतीक प्रधानका बुवा तथा साहित्यकार एवं कथाकार परशु प्रधानको निधनले दुःखी बनाएको छ । प्रधानले नेपाली साहित्यको क्षेत्रमा पुर्याउनु भएको योगदान सधैँ अविस्मरणीय रहिरहनेछ । शोकाकुल यस समयमा स्व. परशु प्रधानप्रति श्रद्धाञ्जलि र प्रतीकजीलगायत परिवारमा समवेदना–शेखर कोइराला ।’

Parshu_Pradhan_12Khariphotos-(6)-1710850936.jpg
 

लेखक तथा सांसद रघुजी पन्तले आजको संसदमा नेपाली कथासाहित्यमा एउटा युग हाँकेर हिँड्ने प्रधानप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले भनेका छन्, “विख्यात कथाकार परशु प्रधानको आजै देहावसान भएको छ । साहित्यको विद्यार्थी भएकाले र पार्टीको हिसाबले उहाँको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु, ... ।”  

छ दशक बढी अनवरत कथासाहित्यसँगै साहित्यसेवामा समर्पित परशु प्रधानका १३ वटा कथाकृतिहरू प्रकाशित छन् ।

Parshu_Pradhan_12Khariphotos-(8)-1710850936.jpg
 

जसमा बक्ररेखा, फेरि आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरू, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तराद्र्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया रहेका छन् । 

Parshu_Pradhan_12Khariphotos-(1)-1710850935.jpg
 

प्रधानको सीताहरू र घर कथोपन्यास पनि प्रकाशित छ ।  उनको करिब दर्जनको संख्यामा बालकथाहरू प्रकाशित छन् ।  नानीको कथा, सुनको छाती, रीताको स्कूललगायतका बालकथा यसैभित्र पर्दछ ।  आख्यानशिल्पी प्रधानको पशुपति आर्यघाटमा मंगलबार अन्तिम संस्कार गरिएको छ ।

Parshu_Pradhan_12Khariphotos-(3)-1710850935.jpg
अन्त्येष्टिमा साहित्यकार तथा विविध क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो । 

Parshu_Pradhan_12Khariphotos-(36)-1710850852.jpg

Parshu_Pradhan_12Khariphotos-(29)-1710850851.jpg

Parshu_Pradhan_12Khariphotos-(30)-1710850851.jpg

Parshu_Pradhan_12Khariphotos-(31)-1710850851.jpg

 

 

Parshu_Pradhan_12Khariphotos-(25)-1710850850.jpg

Parshu_Pradhan_12Khariphotos-(26)-1710850850.jpg

Parshu_Pradhan_12Khariphotos-(27)-1710850850.jpg

 

Parshu_Pradhan_12Khariphotos-(28)-1710850850.jpg

 

 

Parshu_Pradhan_12Khariphotos-(22)-1710850849.jpg

Parshu_Pradhan_12Khariphotos-(23)-1710850849.jpg

Parshu_Pradhan_12Khariphotos-(24)-1710850849.jpg

Parshu_Pradhan_12Khariphotos-(15)-1710850848.jpg

Parshu_Pradhan_12Khariphotos-(16)-1710850848.jpg

Parshu_Pradhan_12Khariphotos-(17)-1710850848.jpg

Parshu_Pradhan_12Khariphotos-(18)-1710850848.jpg

Parshu_Pradhan_12Khariphotos-(19)-1710850848.jpg

Parshu_Pradhan_12Khariphotos-(13)-1710850847.jpg

Parshu_Pradhan_12Khariphotos-(14)-1710850847.jpg

Parshu_Pradhan_12Khariphotos-(11)-1710850847.jpg

Parshu_Pradhan_12Khariphotos-(12)-1710850847.jpg

Parshu_Pradhan_12Khariphotos-(7)-1710850846.jpg

Parshu_Pradhan_12Khariphotos-(8)-1710850846.jpg

Parshu_Pradhan_12Khariphotos-(9)-1710850846.jpg

Parshu_Pradhan_12Khariphotos-(4)-1710850845.jpg

Parshu_Pradhan_12Khariphotos-(5)-1710850845.jpg

Parshu_Pradhan_12Khariphotos-(6)-1710850845.jpg

Parshu_Pradhan_12Khariphotos-(2)-1710850844.jpg

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्