site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इजाजत दिइएका हतियारको विवरण पठाउन निर्देशन

काठमाडौं । इजाजत दिइएका हतियारको विवरण पठाउन गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ ।

इजाजत लिइएको हतियारसहित सोमबार (हिजो) सर्वोच्च अदालतबाहिरबाट दुई व्यक्ति पक्राउ परेका थिए । मंगलबार गृहले हालसम्म इजाजत दिइएका हतियारको विवरण २४ घण्टाभित्र उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।

हतियार तथा खरखजना ऐन, २०१९ मा स्थानीय प्रशासनसँग स्वीकृति लिएर हतियार राख्न पाउने व्यवस्था छ । सोहीअनुसार मन्त्रालयले हालसम्मको इजाजत विवरण पठाउन पत्राचार गरेको हो ।

पत्रमा उल्लेख छ, “हालसम्म हातहतियार तथा खरखजनाको इजाजतपत्र जारी गरिएका व्यक्ति, प्रयोजन, प्रकार तथा संख्यासहित नवीकरण भए/नभएको विवरण, त्यस्ता हातहतियार इजाजतविपरीत प्रयोग भए/नभएको विवरण र विनाइजाजत प्रयोग गरिएको, नवीकरण नगरिएको र उद्देश्यविपरीत प्रयोग गरिएका कारण त्यस्ता हतियार बरामद गरिएको सो समेत खुलाई पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र उपलब्ध गराइदिनुहुन आदेशानुसार अनुरोध छ ।”

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro