site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देशको व्यापार घाटा ९ खर्ब २९ अर्ब, निर्यात ३.९९ प्रतिशतले घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को फागुन महिनासम्म देशको व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड रुपैयाँ छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार आयात घटेसँगै व्यापार घाटा पनि घटेको हो ।

फागुन मसान्तसम्म व्यापार घाटा २.५२ प्रशितले घटेको छ । गत वर्षको फागुन मसान्तसम्म देशको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ थियो ।

उक्त अवधिमा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँको बस्तु तथा सेवा आयात भएको छ भने एक खर्ब ६१ करोड ७४ रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गत वर्षको तुलनामा आयातसँगै निर्यात पनि घटेको छ ।

गत वर्षको फागुन मसान्तसम्मको तुलनामा आयात २.६६ प्रतिशतले घटेको छ भने निर्यात ३.९९ प्रतिशतले घटेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १३:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro