site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कृष्णबहादुर महरा नर्भिक अस्पतालमा

काठमाडौं । सुन प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरालाई नर्भिक अस्पताल लगिएको छ । उनलाई सोमबार साँझ अस्पताल लगिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार कमजोर स्वास्थ्य अवस्थाका कारण देखाउँदै काठमाडौं जिल्ला अदालतले अस्पतालमा राखेर अनुसन्धान गर्न भनेको थियो । अदालतकै आदेशका आधारमा उनलाई नर्भिक अस्पताल लगिएको उनको भनाइ छ।

महरालाई सुरक्षा पहराका साथ अस्पतालमा राखिएको छ । महराले आफू बिरामी भएको बताएपछि अदालतले प्रहरीलाई चार दिन हिरासतमा राख्न र अस्पतालमा राखेरै अनुसन्धान गर्न अनुमति दिएको थियो ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले उनीमाथि अनुसन्धान गर्न सिफारिस गरेको र सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै महरालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको हो । 

महरालाई आजै कपिलवस्तुबाट पक्राउ गरिएको हो । उनलाई भेपमा लुकाएर ल्याइएको सुन प्रकरणमा अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  २१:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro