site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोषण बिग्रिएर पैसा र सुन देख्दा लोभ लाग्ने बच्चा जन्मिए : चन्द्र भण्डारी
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले पोषण र शिक्षा अहिलेको प्राथमिकता भएको बताए । सोमबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)का सम्बन्धमा जारी छलफलका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा विकासका कामले गति नलिएकोमा व्यंग्य गर्दै गर्भवती आमालाई पोषण आवश्यक रहेको बताए ।

“६४ अर्ब खर्चेर बनेको मेलम्चीमा पानी आउँदैन, उद्घाटन मात्रै हुन्छ । किन देख्दैनन् भन्दा मलाई लाग्यो पौष्टिक आहारको कमी भयो । पहाडी इलाकामा पौष्टिक आहार कम भएका बच्चाहरू जन्मिए । उनीहरूको तन्तु बिग्रियो । पोषण बिग्रिएर पैसा र सुन देख्दा लोभ लाग्ने बच्चा जन्मिए,” उनले भने, “सहरी इलाकामा पौष्टिक आहार बढी भयो नेपाललाई देख्न सकेनन् । त्यसकारणले पौष्टिक आहार प्राथमिकतामा हुनुपर्छ भोलिको नेपाल बनाउन ।”

यस्तै, उनले शिक्षा र स्वास्थ्य निजीकरण भयो भने मुलुक बन्न नसक्ने र जनताले सुविधा नपाउने टिप्पणी गरे । यी विषय पनि प्राथमिकतामा रहनुपर्ने बताए ।

उनले अहिलेको राजस्वले कर्मचारी र ३६ हजार भन्दा बढी जनप्रतिनिधिलाई तलब खुवाउन नसक्ने अवस्था रहेको बताए । “हामी सबैभन्दा अफ्ठ्यारोमा छौँ,” संविधानले समाजवादको व्यवस्था गरेको बताउँदै उनले भने, “के हो त समाजवाद ? सीमित व्यक्ति सम्पन्न हुने ? जनता गरिब हुने,” उनले प्रश्न गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro