राजनीति
काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले जहाँ जनता छन् त्यहाँ विकास प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)का सम्बन्धमा जारी छलफलका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, “जनताको निराशा राजनीति र राष्ट्रका लागि खतरनाक भएर विस्फोट हुनसक्छ । त्यसैले जहाँ पछि परिएको छ त्यहाँ प्राथमिकता राखौँ ।”
प्रकाशित मिति: सोमबार, चैत ५, २०८० १६:०८
प्रतिक्रिया दिनुहोस्