site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
६० किलो सुन तस्करीमा जीवन र भेपको सुन चोरीमा संलग्न नन्दकुमारलाई सीआईबीले छाडेको खुलासा

काठमाडौं । विद्युतीय सिगरेट (भेप)मार्फत गरिएको तस्करीको नौ किलो सुन चोरी प्रकरणमा जोडिएका एक भारतीय नागरिकलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मुद्दा नचलाई छाडेको खुलेको छ ।

भारतको महाराष्ट्रस्थित साङलीथाना आटपाडी घर भई काठमाडौंमा बस्दै आएका नन्दकुमार पाडुरङ मरगलेलाई सीआईबीले मुद्दा नचलाई छाडेको सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ । ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका जीवन चलाउनेलाई आर्थिक प्रभावमा परेर मुद्दा नचलाई छाडेको सीआईबीले यसअघिदेखि नै आरोप खेपिरहेको छ ।

Dabur Nepal
NIC Asia

भेपको सुन बिक्री–वितरणमा संलग्न नन्दकुमारका भाइ ३९ वर्षीय साहेबराव पाडुरङ मरगलेलाई भने सीआईबी टोलीले पक्राउ गरेको थियो । उनी हाल पुर्पक्षका लागि जेल चलान भएका छन् । भेपको सुन चोरी गरी मरगले दाजुभाइले बिक्री गरेको खुलेको थियो ।

साहेबरावले चोरीको सुन बिक्रीमा दाइ नन्दकुमारको संलग्नता रहेको बयान सीआईबीसमक्ष दिएका थिए । तर, सीआईबीले नन्दकुमारलाई प्रतिवादी समेत बनाएन । अनुसन्धानमा संलग्न एक अधिकारीले भने, “घटना सार्वजनिक हुनासाथ नन्दकुमार भागिसकेका थिए, हाम्रो सम्पर्कमै आएका छैनन् ।”

०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानमार्फत ७३ बट्टामा ल्याएको ७३० थान भेपमा नौ किलो सुन भेटिएको थियो । उक्त सुन भन्सारमा रोकिएपछि त्यहीँका कर्मचारीको मिलोमतोमा चोरी गरेर बिक्री गरिएको थियो । सुन भने प्रहरीले बरामद गरेको छैन ।

भेपको सुन तस्करी प्रकरणमा प्रहरीले सुरुमा नौ र पछि राहुल महरासहित तीनजनालाई प्रतिवादी बनाएको थियो ।

६० किलो सुन तस्करीमा मुछिएका बर्दियाको गेरुवा गाउँपालिका–४ घर भई काठमाडौंको चुनदेवीमा बस्दै आएका ३८ वर्षीय जीवन चलाउनेलाई जोगाउन पैसाको ‘बार्गेनिङ’ गरिएको आयोगको प्रतिवेदनमा उल्लेख छ । आयोगको प्रतिवेदनका आधारमा सरकारले सीआईबीका प्रमुख एवं एआईजी किरण बज्राचार्यालाई त्यहाँबाट हटाइसकेको छ ।

यस्तै, सुन तस्करी प्रकरणको अनुसन्धान गर्ने सीआईबीका तत्कालीन एसपी सञ्जय थापा र डीएसपी दुर्गा दाहाललाई हेडक्वार्टर तानिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro