site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
महराबाहेक पाँचजनालाई पक्राउ गर्दै प्रहरी

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । विद्युतीय सिगरेट (भेप)मार्फत गरिएको नौ किलो सुन तस्करी प्रकरणमा जोडिएका महरा सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका हुन् ।

प्रहरीले उनलाई भैरहवाबाट विमानमार्फत काठमाडौं ल्याएको छ । थप अनुसन्धान गर्न महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा बुझाइएको छ ।

०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानमार्फत ७३ बट्टामा ल्याएको ७३० थान भेपमा नौ किलो सुन भेटिएको थियो । उक्त भेप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँचका क्रममा भन्सार कार्यालयले रोकेको थियो । तर, सुन छुटाउन महरा र उनका छोरा राहुलसंलग्न भएका थिए ।

Dabur Nepal
NIC Asia

भेप ल्याउने चिनियाँ समूहसँग महराको निरन्तर फोन सम्पर्क देखिएको थियो । सो प्रकरणमा सीआईबीको टोलीले गएको भदौ १३ गते उनका छोरा राहुल महरालाई पक्राउ गरेको थियो ।

राहुल पुर्पक्षका लागि थुनामा छन् । कृष्णबहादुर महरालाई भने सीआईबीले सामान्य कागज मात्र गरेर छाडेको थियो । तर, सुन तस्करीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले उनीविरुद्ध समेत मुद्दा चलाउन सिफारिस गरेको थियो । त्यसलगत्तै महरा पक्राउ परेका हुन् ।

सरकारले असोज १४ गते पूर्वन्यायाधीश डिल्लीराम आचार्यको अध्यक्षतामा आयोग गठन गरेको थियो । गएको बिहीबार आयोगले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

भेपमार्फत सुन तस्करीका अर्का आरोपित दाओजिन वाङसँग राहुलकोे १९५ पटक सम्पर्क भएको देखिएको थियो । जसमा राहुलले १३१ र वाङले ३४ पटक फोन गरेका थिए । फोन सम्पर्कबाहेक भेप छुटाउन राहुल भन्सार कार्यालय आफैँ सातपटक पुगेको सीआईबीको अनुसन्धानले देखाएको थियो ।

भेप प्रकरणमा जोडिएका चिनियाँ नागरिक वाङ, असिम र लुई हान तीनैजना हाल फरार छन् । उक्त सुन भने भन्सार कार्यालयकै कर्मचारीको मिलेमतोमा चोरी गरिएको थियो ।

विमानस्थल भन्सारका नासु रेवन्त खड्कासहित सुरक्षा गार्ड निर्मलकुमार विक, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यापारी वेदप्रकाश अग्रवाल र साहेबराव पाण्डुरङ मरगलेको समूहले सुन चोरी गरी बिक्री गरेको खुलेको थियो । उनीहरू सबै पुर्पक्षका लागि जेल चलान भएका छन् । चोरी प्रकरणमै जोडिएका दिपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापा अझै फरार छन् ।

६० किलो सुन तस्करी प्रकरणमा को–को पर्दै छन् पक्राउ ?
भेपबाहेक आयोगले गएको साउन २ गते सवारीसाधनको ब्रेक सुमार्फत हङकङ हुँदै नेपाल भित्र्याइएको ६० किलो सुन तस्करी प्रकरणमा समेत सीआईबीले त्यो बेला मुद्दा नचलाएका पाँच नेपालीलाई पक्राउ गरेर अनुसन्धान गर्न सिफारिस गरेको छ । उनीहरूको खोजी गरिरहेको गृह मन्त्रालय स्रोतले जानकारी गराएको छ ।

ती पाँच आरोपितको नाम गोप्य राखिएको छ । प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।

नेपालीबाहेक नौ चिनियाँ र एक भारतीय नागरिकलाई समेत पुनः पक्राउ गरेर अनुसन्धान गर्न आयोगले सिफारिस गरेको छ । सीआईबीले २९ जनालाई प्रतिवादी बनाएको थियो ।

हङकङमार्फत रेडी ट्रेडका नाममा ल्याइएको ब्रेक सुबारे सीआईबीले अनुसन्धान गरेको थियो । अरू विभिन्न कम्पनीमार्फत ३६० किलोभन्दा बढी सुन तस्करी गरिएको भन्दै सीआईबीले तीन अर्ब ५० करोड, दुई लाख १६ हजार ५५२ रुपैयाँ बिगो कायम गरेको थियो । नौ चिनियाँ र २३ नेपालीलाई पक्राउ गरिएको थियो ।

६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्ने सीआईबीका प्रमुख एवं एआईजी किरण बज्राचार्य र डीएसपी दुर्गा दाहाललाई आयोगको प्रतिवेदनपछि त्यहाँबाट हटाएर प्रहरी प्रधान कार्यालयमा तानिएको छ । सुन तस्करीको अनुसन्धान गर्ने एसपी सञ्जय थापा समेत जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट हेडक्वार्टर तानिएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १३:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro