site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रुसी सेनाका नेपालीको करार रद्द गर्न रुसको सैद्धान्तिक सहमति, तयार गरिँदै ‘मोडालिटी’

काठमाडौं । रुस सरकारले आफ्नो सेनामा भर्ती भई घर फर्कन चाहने नेपालीको करारपत्र रद्द गर्न सैद्धान्तिक सहमति दिएको छ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ सोमबार प्रतिनिधिसभा बैठकमा सो जानकारी गराएका हुन् ।

आकस्मिक, शून्य र विशेष समयमा गरिएका प्रश्नको जवाफ दिने क्रममा उनले रुसी सेनामा भर्ती नेपालीको करारपत्र रद्द गर्न रुसले सैद्धान्तिक सहमति जनाएको बताए । “रुसी विदेश मन्त्रालयले रुसी सेनामा भर्ना भई घर फर्कन चाहने नेपालीको करार रद्द गर्ने आफ्नो सैद्धान्तिक सहमति रहेको जानकारी गराएको छ,” केही दिनअघि रुसी विदेशमन्त्री र नेपालका लागि रुसी राजदूतसँग छलफल गरेको स्मरण गर्दै उनले भने, “तर, त्यसको मोडालिटी तयार हुन बाँकी रहेको छ । यसबारेमा मस्कोस्थित नेपाली दूतावसाले निरन्तर फलोअप गर्नेछ ।”

रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा हालसम्म करिब २४ नेपालीले ज्यान गुमाइसकेका छन् । रुसका तर्फबाट युक्रेनसँग लड्दा सयौँ नेपाली घाइते भएका छन् । रुसी सेनामा भर्ती ६०० भन्दा बढी नेपालीका आफन्तले उनीहरूलाई फिर्ता ल्याउन अनुरोध गर्दै आएका छन् ।

Dabur Nepal
NIC Asia

“केही समयदेखि रुसी सेनामा नेपाली नागरिक भर्ना भएका र उनीहरू युक्रेनसँगको रुसको युद्धमा प्रयोग भएको, त्यसमाथि आफ्नो जीवन गुमाउन परेको, कतिपय घाइते भएको, कतिपय रुसी सेनामा सरिक भएर अर्को देशको युद्धबन्दी भएको – यस्तो सुनेर हामी अत्यन्त्र दुखित र पीडाको अवस्थामा छौँ,” परारष्ट्रमन्त्री श्रेष्ठले भने ।

सरकारले आफ्नो नीति स्प्ष्ट पार्दै रुसी सेनामा भर्ती भएका नेपालीलाई मुक्त गर्न पहलकदमी लिँदै अघि बढेको उनले जनाए । उनले परम्परागत रूपमा रहेको सम्बन्धबाहेक विदेशी सेनामा नेपालीलाई भर्ना लिन नपाइने भन्ने सूचना सबै देशलाई गराइएको बताए ।

रुसी सेनामा नेपालीको ज्यान गएका बारेमा रुससँग लिखित र मौखिक रूपमा जानकारी लिइएको उनले बताए । “शव नेपाल पठाउने, घाइते तथा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने, भर्ती भएका नेपालीको जानकारी माग गर्ने, भर्ना नगर्न र भर्ना भएकालाई तत्काल नेपाल पठाउने, युक्रेनमा युद्धबन्दी भएकालाई नेपाल फर्काउने – नेपाल सरकारका स्पष्ट अडान यी हुन्,” उनले भने । 

युक्रेनमा युद्धबन्दी रहेका पाँच नेपालीलाई छुटाएर स्वदेश फर्काउन आईसीआरसीको सहयोग लिइरहेको उनले बताए । यसैअनुसार युक्रेनले आइतबार नेपाली बन्दीलाई सार्वजनिक गरेको उनले जिकिर गरे ।

आफू परराष्ट्रमन्त्री भएपछि रुसी विदेशमन्त्री र नेपालका लागि रुसी राजदूतसँग वार्ता गरी नेपालीलाई सो सेनामा भर्ती नलिन, सम्झौता भएकासँग खारेज गर्न, शव पठाउन अनुरोध गरिएको उनले बताए ।

रुसले युक्रेनसँगको युद्धमा मारिएका नेपालीका परिवारलाई क्षतिपूर्ति र बिमाबापतको रकम उपलब्ध गराउन प्रक्रिया सुरु गरेको उनले जानकारी दिए । रुसले क्षतिपूर्ति रकम मस्कोस्थित नेपाली दूतावासलाई र दूतावासले काठमाडौंस्थित कन्सुलर सेवा विभागमा उपलब्ध गराउनेछ । विभागले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत उक्त रकम पीडित परिवारलाई उपलब्ध गराउनेछ ।

“नेपाली नागरिकको पक्षमा समस्याको समाधान गर्न दृढ संकल्पका साथ सरकार अगाडि बढेको छ,” परराष्ट्रमन्त्री श्रेष्ठले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १४:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro