site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थतन्त्र संकटको अवस्थामा छैन : अर्थमन्त्री पुन
SkywellSkywell

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र संकटको अवस्थामा नपुगेको बताएका छन् । 

नागरिक लगानी कोषको ३४औँ वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमा मन्त्री पुनले अर्थतन्त्रमा केही समस्या देखिए पनि संकटको अवस्थामा भने नपुगेको बताएका हुन् । उनले सार्वजनिक वित्तको क्षेत्रमा भने केही संरचनागत समस्या अझै बाँकी रहेको धारणा राखे ।

Dabur Nepal
NIC Asia

"एक वर्षभन्दा बढीको वस्तु तथा सेवा आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति अहिले रहेको विप्रेषण आप्रवाह राम्रो अवस्थामा रहेको र बैंक वित्तीय संस्थामा पर्याप्त तरलता छ, अब विस्तारै लगानी पनि बढ्छ," उनले भने । 

उनले बाह्य क्षेत्र र खासगरी भुक्तानी सन्तुलन बिग्रिँदा समस्यामा परेको अर्थतन्त्र अहिले निकै मजबुद बनेको धारणा राखे । मन्त्री पुनले आफ्नो कार्यकालमा यसअघि अवलम्बन गरिएका कार्यक्रमका साथै सकारात्मक नीति तथा योजनालाई आफूले पनि निरन्तरता दिने जिकिर गरे । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १४:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu