site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रसुवामा भूकम्पको धक्का

काठमाडौं । रसुवामा आइतबार बिहान भूकम्पको धक्का मापन गरिएको छ । बिहान ९ बजेर ४४ मिनेटमा सो धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

रसुवाको जुरेढुंगा आसपास केन्द्रविन्दु भएको ४ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार, यो धक्का ०७२ सालको विनाशकारी ‘गोरखा भूकम्प’कै परकम्प हो । गोरखा भूकम्पका चार म्याग्निच्युडदेखि माथिका हालसम्म ५९६ परकम्प मापन गरिएको केन्द्रले जानकारी गराएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro