site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पुँजीलाई हेर्ने दृष्टिमै दोष छ : सन्तोष परियार

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले उमेरका आधारमा भन्दा पनि विचारले युवा हुने बताएका छन् । शनिबार बाह्रखरी मिडियाले पोखरामा आयोजना गरेको योङ लिडर्स विथ इन्टरप्रेनर्स कार्यक्रममा उनले उमेर टेक्निकल पक्ष मात्रै भएको बताएका हुन् ।  

“विचार आलोचनात्मक हुनु पर्छ । विचार संघर्ष गर्ने खालेको हुन्छ भने त्यसलाई म युवा भन्छु,” उनले भने । 

Dabur Nepal
NIC Asia

पुस्तान्तरणका सन्दर्भमा उनले नीतिमा बाँध्न नसकेसम्म पुस्तान्तरण नहुने बताए । सबै कुराको पुस्तान्तरण भए पनि नेपाली राजनीतिमा त्यो नदेखिएको उनको गुनासो छ । “सभ्यताको पुस्तान्तरण हुन्छ । तर हामीले हाम्रो भविष्य अरुको हातमा सुम्पिदियौँ । सबै कुरा सधैंँ एकैपटक हुँदैन र यो निरन्तर हुँदै जाने कुरा हो । तर पुस्तान्तरण हुने प्रक्रियाले निरन्तरता पाइरहेको छ कि छैन त्यसमा भने ध्यान दिनुपर्छ, जुन भएको छैन,” उनी अगाडि थप्छन्, “जिम्मेवारीमा पुस्तान्तरण गरेनौँ, पुस्तान्तरण भएको भए रास्वपा आउने थिएन । हामी अनपेक्षित रूपमा एकैपटक आउनुपर्‍यो । हामीले पनि पुस्तान्तरण गरेनौँ भने हामी पनि खारेज हुन्छौँ ।” कुनै राजनीतिक दल वा व्यक्ति खारेज भए पनि व्यवस्था भने खारेज गर्न नहुनेमा उनको जोड छ । 

नेपालका राजनीतिक दलमा ज्ञानको, चेतको तथा राजनीतिलगायत सबै कुराको पुस्तान्तरण गर्न नसके अगाडि बढ्न नसक्ने उनको भनाइ छ । 

विश्वकै उत्कृष्ठ संविधान भने पनि निराशाको पाटोलाई कसरी हटाउने भन्ने सन्दर्भमा यहाँको अर्थशास्त्रले काम नगरेको उनको टिप्पणी छ । राजनीति अर्थतन्त्रसँगै जोडिने भन्दै उनी राजनीति र अर्थतन्त्रलाई अलग–अलग गरेर हेर्न नहुने उनको धारणा छ । अर्थतन्त्र र राजनीतिलाई जोडेर नहेर्दा नेपालको अर्थतन्त्रमा समस्या रहेको उनको बुझाइ छ । 

“नेपालको राजनीति कहिल्यै पनि ठिक थिएन भन्ने हामी अहिले थाहा पाइरहेका छौँ । आजको क्याविनेटमा एकजना दलित छैन । एउटा निश्चित वर्ग र जातिको उपस्थितामा सिंगो देशको विकास हुन्छ भन्ने मलाई लाग्दैन,” उनले भने, “पुँजीलाई हेर्ने हाम्रो दृष्टिमा दोष छ । निमार्ण, उत्पादन, व्यवसाय छैन । समस्या नबुझेर समाधान हुँदैन । नेपाली राजनीति अब यसतर्फ केन्द्रित हुनुपर्छ ।” 

प्रधानमन्धीले चाहेको खण्डमा भ्रष्टाचार नियन्त्रणलगायत धेरै काम हुने उनको भनाइ छ । “आजैबाट भ्रष्टाचार गर्ने कसैलाई छोड्दिनँ भनेर प्रधानमन्त्रीले भन्ने हो भने धेरै हदसम्म यो नियन्त्रण हुन्छ,” उनी भन्छन्, “हाम्रोजस्तो अध्यक्षात्मक र संसदीय प्रणाली भएको देशमा प्रधानमन्त्रीले चाहेको खण्डमा धेरै कुरा हुन्छ ।”  
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro