site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
केपी ओलीलाई कस्ता सिनेमा मनपर्छ ? 

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र विषयप्रधान र अभिनयमा अब्बल हुनुपर्नेमा जोड दिएका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका उनले राम्रो विषय उठान गरेका र विश्वस्नीय अभिनय गरेका सिनेमा मात्रै आफूलाई मन पर्ने उनको भनाइ छ । 

“मलाई राम्रो विषय उठान गरेका र अभिनय गर्ने कलाकारले जे बनेर अभिनय गर्ने हो हुबहु त्यस्तै बनेर अभिनय गरेका चलचित्र मन पर्छ,” नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा राजेश हमालसँग कुरा गर्दै केपी ओलीले भने, “किसान बनेर राजेश हमालले अभिनय गर्ने हो भने त्यसमा राजेश हमालजस्तो देखिनु भएन, किसान जस्तै भएर काम गर्नुपर्यो । नियालेर हेर्दा यो राजेश जस्तोजस्तो छ त भन्ने मात्रै हुनुपर्‍यो ।” 

Dabur Nepal
NIC Asia

नेपाली सिनेमामा अनावश्यक ठाउँमा अनावश्यक सिन हुने गरेको उनको टिप्पणी छ । कथा एकातिर छ तर सिन अर्कै आउने उनको गुनासो छ । “सिनेमाको कथा एउटा छ तर अनावश्यक ठाउँमा डाङडाङडुङडुङ हुन्छ,” केपी अगाडि थप्छन्, “त्यो मलाई मन पर्दैन । सिनेमा कथाप्रधान हुनुपर्छ ।”

अभिनय गर्ने कलाकारले सिनेमालाई विश्वस्नीय बनाउने भन्दै अभिनय क्षमता भने कलाकारमा हुनै पर्नेमा उनको जोड छ । 

केपीले आफूले नेपालको पहिलो सिनेमा ‘आमा’ नै हेरेको बताए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro