site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
६ महिने विषयगत तालिम नलिएकालाई वैदेशिक रोजगारीमा जान नपाउने व्यवस्था गरौँ : सांसद आचार्य
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का सांसद भीमप्रसाद आचार्यले वैदेशिक रोजगारीमा जानेलाई ६ महिने विषयगत तालिम दिनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले वैदेशिक रोजगारीमा जान चाहनेलाई ६ महिने विषयगत तालिमको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

त्यस्तो तालिम निःशुल्क रूपमा दिने व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए । उनले विदेश जाने प्रक्रियाका पासपोर्ट लिने, स्वास्थ्य जाँच, रोजगार अनुमति प्राप्त गर्नेलगायत सबै काम जिल्लाबाटै हुने व्यवस्था गर्नुपर्ने माग गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

विदेश जान चर्को ब्याजमा ऋण लिने गरिएको उनले उल्लेख गरे । उनीहरूलाई सहुलियत दरमा जिल्लाबाटै बैंकमार्फत ऋण उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

उनले विदेश जाने कामदारलाई स्वास्थ्य जाँचमा ठगिएको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए । न्युज एजेन्सी नेपाल

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement