site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आफ्नै पार्टीबाट मन्त्री बनेका विराजभक्तलाई सांसद शाहका तीन प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले आफ्नै पार्टीबाट युवा तथा खेलकुदमन्त्री बनेका विराजभक्त श्रेष्ठलाई सो क्षेत्रका समसामयिक विषयमा ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले ‘आफ्नै पार्टीका साथीहरू मन्त्री भए पनि जनताका प्रश्न निरन्तर उठाउने’ बताए । मन्त्री श्रेष्ठलाई उनले खेल क्षेत्रबारे तीन प्रश्न गरे ।

Argakhachi Cement Island Ad

“हामी पहिले प्रतिपक्षमा थियौँ । अहिले सत्तापक्षमा छौँ । हाम्रा आसन परिवर्तन भए पनि जनताको पक्षमा आवाज उठाइनै रहन्छौँ,” उनले भने, “उत्तर दिने ठाउँमा हाम्रा साथीहरू भए पनि निरन्तर हामी खबरदारी गरिरहनेछौँ ।”

सांसद शाहले अन्तर्राष्ट्रिय फुटबलको बहानामा विदेश गएका खेलाडीबाहेक एन्फाका पदाधिकारीलाई कारबाही गर्न निर्देशन दिएकामा खेलकुदमन्त्री श्रेष्ठलाई धन्यवाद दिए । प्रश्न पनि गरे ।

“खेलकुदमन्त्रीलाई म प्रश्न गर्न चाहन्छु– दशरथ रंगशालामा हुन तय भएको बहराइनविरुद्धको खेल नहुनुको पछाडिको कमजोरी के रहयो ? टीयूको क्रिकेट ग्राउन्डमा फ्रडलाइट र स्कोर बोर्ड कहिले आउँछ ? बहुसंख्यक फुटबल खेलाडीहरू विदेश पलायन भइरहेकोमा उनीहरूलाई स्वदेश फर्काउने तयारी के हुँदै छ ?,” शाहले प्रश्न गरे, “संसारमा ई–स्पोर्ट्सले फड्को मारिसक्यो । हामीले पनि ई–स्पोर्ट्सलाई अगाडि बढाउन ढिला गर्न हुँदैन ।”

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्