site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रुसी सेनामा कार्यरत थप सात नेपालीको मृत्यु 
फाइल तस्बिर ।

काठमाडौं । रुसी सेनामा भर्ती भएका थप सात नेपालीको मृत्यु भएको छ । युक्रेनसँगको युद्धका क्रममा उनीहरू मारिएका हुन् । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको छ । 

“रुसी सेनामा कार्यरत थप सातजना नेपाली नागरिकहरूले ज्यान गुमाउनुभएको दुःखद समाचार प्राप्त भएको छ,” परराष्ट्रले विज्ञप्तिमा भनेको छ । 

Dabur Nepal
NIC Asia

रुस सरकारले औपचारिक रूपमा थप सात नेपालीको मृत्यु भएको सूचना दिएपछि परराष्ट्रले विज्ञप्ति जारी गरेको हो । 

यसअघि, परराष्ट्रले रुसी सेनामा भर्ती भएका १२ नेपालीको मृत्यु भएको जनाएको थियो । सातजना थपिएसँगै रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिने नेपालीको संख्या १९ पुगेको छ । 

परराष्ट्रका अनुसार, पछिल्लोपटक रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिने सात नेपालीमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् ।

“यस मन्त्रालय दिवंगत नेपालीहरूप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ,” परराष्ट्रले विज्ञप्तिमा भनेको छ ।

रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गराउन सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको परराष्ट्रले जनाएको छ ।

यस्तै, रुसी सेनामा ज्यान गुमाएका नेपालीको परिवारलाई त्यहाँको सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार र त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउन रुसी सरकारलाई पुनः अनुरोध गरिएको पनि परराष्ट्रले विज्ञप्तिमा उल्लेख गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro