site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थतन्त्रको वस्तुगत धरातलमा आधारित भएर बजेट ल्याउनुपर्छ : डा.वाग्ले
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले वस्तुगत धरातलमा आधारित भएर आउँदो आर्थिक वर्षको बजेट ल्याउन अर्थमन्त्रीलाई सुझाव दिएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बजेटका प्राथामिकता र सिद्धान्तमाथि छलफलमा भाग लिँदै उनले यस्तो सुझाव दिएका हुन् ।

उनले पछिल्लो समय मुलुकको सार्वजनिक वित्तमा संकट देखिएको भन्दै यो विषयमा सरकार गम्भीर हुन आवश्यक रहेको औँल्याए । चालु आर्थिक वर्षको आठ महिनाको वित्तीय अवस्था दयनीय रहेको उनले बताए ।

चालु आर्थिक वर्षको आठ महिनामा आठ खर्ब रुपैयाँ खर्च रहेको उनले उल्लेख गरे । चालुतर्फ पाँच खर्ब ८२ अर्ब, पुँजीगततर्फ ८१ अर्ब र वित्तीय व्यवस्थापन खर्च एक खर्ब ३८ अर्ब रुपैयाँ रहेको उनले बताए ।

राजस्व संकलन ६ खर्ब ३९ अर्ब रुपैयाँ रहेको भन्दै उनले लक्ष्य पूरा गर्न नसक्ने अवस्थाबारे सचेत गराए । उनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत आठ महिनामा बजेट कार्यान्वयन गर्न नसक्ने असफल अर्थमन्त्रीका रूपमा प्रस्तुत भएको जिकिर गरे ।

उनले गत वर्ष आफूले अर्थमन्त्रीलाई भनेका कुरा सत्य सावित भएको बताए । सरकारको सार्वजनिक वित्तको अवस्था खराब भएकाले सुधारका निम्ति गम्भीर हुन आवश्यक रहेकामा उनले जोड दिए ।

उनले आउँदो बजेटमा सरकारले विकासलाई स्पष्ट प्राथमिकता निर्धारण गर्नुपर्ने धारणा राखे । बजेटको सिद्धान्त र प्राथमिकता छरिएको र विकासको स्पष्ट सोच नभएको उनले टिप्पणी गरे ।

उनले दिगो विकासका लक्ष्यसहित मुलुक निर्माणको स्पष्ट गन्तव्य तर्जुमा गर्नुपर्ने बताए । औद्योगिकीकरण र हरित अर्थतन्त्रमा ध्यान दिँदै अर्थतन्त्रमा सुधारका निम्ति आँट र अठोट सरकारसँग हुनुपर्ने उनले उल्लेख गरे ।

बजेटको सिद्धान्त र प्राथमिकतालाई पुनर्लेखन नगर्दा पनि हुने भन्दै उनले नीति तथा कार्यक्रम र बजेट वास्तविक धरातलका आधारमा ल्याउन सुझाव दिए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro