site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संघ र प्रदेश राजधानीमा नेताहरू ज–जसले घर बनाएका छन्, राष्ट्रियकरण गर्नुपर्छ : सांसद सुवाल
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले सहरमा बसेर गाउँका सोझा जनता झुक्याउने नेताहरूको घर राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा नेता, सांसद र मन्त्री हुँन गाउँका जनतालाई ढाँटेर आफू सहरमा रमाउने भन्दै अब यस्तो राजनीतिले नचल्ने बताएका हुन् ।

उनले खोला छेउमा जग्गा किनेर मिच्दा पनि समस्या निम्तिएको बताए । “खोलाको छेउमा चार आना जग्गा किन्यो चार रोपनी घेरा हाल्यो । यसरी पनि देश विकास हुन्छ ? अनि चुनावमा चाहिँ यो निर्वाचन क्षेत्र म स्वर्ग बनाइदिन्छु रे, उसको घर कहाँ हुन्छ ? कि संघको राजधानीमा कि प्रदेशको राजधानीमा,” उनले भने, “आफ्नो आफ्नो जिल्ला विकास गर्ने, आफ्नो ठाउँमा बस्ने । ज–जस्ले घर बनाउनु भएको छ । उहाँहरूको राष्ट्रियकरण गर्नुपर्छ । यो सरकारले गर्न सक्नुपर्छ ।”

प्रधानमन्त्री र मन्त्रीले गलत राजनीति गरिरहेको पनि बताए । “प्रधानमन्त्री मन्त्रीहरूबाट नै गलत राजनीति भएको छ । सच्याउने गरी विधेयकमा आउनुपर्छ,” उनले भने ।  

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १४:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro