site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्वर्णिमलाई नागिनाले भनिन्– भागीभागी नहिँड्नुस्

काठमाडौं । नेपाली कांग्रेसका सांसद नागिना यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेलाई भागीभागी नहिँड्न आग्रह गरेकी छन् । 

बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले कांग्रेसमा प्रधानमन्त्री बन्नका लागि समक्ष युवा भएको बताइन् । “के कांग्रेसमा त्यस्ता विद्धान र युवा साथी छैनन् ? कांग्रेसले उहाँलाई खोजी खोजी प्रधानमन्त्री बनाउँछ ?,” उनले भनिन्, “भागीभागी नहिँड्नुुस्, । कांग्रेसमा त्यस्तै टन्ने युवा छन् ।” 

Dabur Nepal

उनले कांग्रेसका युवा सांसदबारे जानकारी नभएर संसद् सचिवालयले निकालेको पुस्तकमा योग्यता हेर्नु भन्दै कटाक्ष गरिन् । यादवले कांग्रेसले नै वाग्लेलाई पद, संस्कार दिए पनि टिकटका लागि पार्टी छाडेको भन्दै आक्रोश पोखिन् । “कांग्रेसले उहाँलाई बनाइदिएको हो । ठूला ठूला पद, संस्कार र शिक्षा दिएर बनाइसकेपछि उहाँ बुरुक्क उफ्रेर भाग्नुभयो,” उनले भनिन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा वाग्लेले प्रधानमन्त्री देलान् भनेर भागीभागी हिँड्नुपर्ने अवस्था आएको बताएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro