site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुर्गा प्रसाईंलाई डा. केसीले भने– उच्छृंखल र अराजक

काठमाडौं । सामाजिक अभियन्ता डा. गोविन्द केसीले व्यवसायी दुर्गा प्रसाईंमाथि कारबाही नभए आन्दोलन सुरु गर्ने चेतावनी सरकारलाई दिएका छन् । 

डा. केसीले बिहीबार विज्ञप्ति जारी गर्दै प्रसाईं जस्ता व्यक्तिलाई तुरुन्त कानुनअनुसार कारबाही गर्न तथा संक्रमणकालीन न्याय टुग्याउँदै जघन्य र मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्न पनि माग गरेका छन् । 

माइतीघर मण्डला लगायतका ठाउँहरूको निषेधित क्षेत्र हटाउनेलगायत स्वास्थ्य र मेडिकल शिक्षा सुधारका लागि विगतमा आफूसँग भएका अन्य सम्झौताहरू शीघ्र कार्यान्वयन गर्न डा. केसीले सरकारको ध्यानाकर्षण समेत गरेका छन् । “अन्यथा कुनै पनि बेला सत्याग्रहसहितको आन्दोलनका कार्यक्रम सुरु गर्न सक्ने जानकारी पनि गराउन चाहन्छौँ,” डा. केसीले विज्ञप्तिमा भनेका छन् । 

लामो समयदेखि स्वास्थ्य र मेडिकल शिक्षामा सुधार, सबै नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीहरूको योग्यताका आधारमा निःशुल्क वा न्यूनतम शुल्कमा मेडिकल शिक्षाका कोर्सहरू पढ्न पाउने अधिकार, न्याय र सुशासनका लागि आफू निरन्तर लडिरहेको उनले बताएका छन् । 

यसक्रममा केही उपलब्धिहरू हासिल भएता पनि आफूहरूसित भएका सम्झौताहरू कार्यान्वयन गर्न रोकेको आरोप उनले लगाएका छन् । “यही पृष्ठभूमिमा दुर्गा प्रसाईं नामक उच्छृंखल र अराजक व्यक्तिले स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्र सुधारको अभियानमा लागेका मानिसहरूलाई ‘मरुन्’ भनेर सार्वजनिक रूपमा भनिरहेका छन् । र अहिले पनि निरन्तर अभियन्ताहरूलाई दुव्र्यवहार गर्ने र धम्की दिने काम गरिरहेका छन्,” विज्ञप्तिमा डा. केसीले भनेका छन् । 

चिकित्सा शिक्षा सुधारको प्रयासबारे झुटा कुराहरू फैलाउने, नाजायज आरोपहरू लगाउने र अभियन्ताहरूको नामै तोकेर निन्दा गर्ने र धम्की दिने काम भइरहेकोमा उनले चिन्ता व्यक्त गरेका छन् । यस्ता कार्यले आफूहरूको सुरक्षामा आँच आएको दाबी उनले गरेका छन् ।

“हिजोका दिनमा तिनै व्यक्तिले चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूलाई धम्की दिने, उनीहरू चढेको गाडीमा ढुंगा हान्न लगाउने, घरको छेउमा बम राखेर आतंक फैलाउनेजस्ता आपराधिक क्रियाकलाप गरेका थिए,” विज्ञप्तिमा भनिएको छ । 
अभियन्ताहरूमाथि लागेका सबै खाले आरोपहरूको निस्पक्ष छानबिन गर्न र दोषी देखिएमा कारबाही गर्न डा.केसीले माग गरेका छन् । 

कुनै पनि निजी शिक्षण संस्था मापदण्ड र प्रक्रिया पुर्‍याएर आउँछ भने त्यसमा आफूहरूलाई कुनै आपत्ति नहुने उनले स्पष्ट पारेका छन् । तर, स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा नियम कानुन मिचेर वा व्यक्ति विशेषका लागि नीतिगत भ्रष्टाचारमार्फत निजी संस्था खोल्ने काम आफूहरूलाई कुनै पनि हालतमा स्वीकार्य नहुने उनले बताएका छन् । 

“यो सब भइरहँदा पार्टीका नेताहरूले तिनै उच्छृंखल र अराजक व्यक्तिलाई छोरा वा नाति बनाउँदै संरक्षण गरिरहेका थिए । त्यही दण्डहीनताको परिणामस्वरुप अहिले ती व्यक्तिको अराजकता झनै बढ्दै गएर कानुनी शासनलाई चुनौती बनिरहेको छ,” डा. केसीले भनेका छन् । 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro