site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
५० करोडसम्मका योजना सांसदको सिफारिसमा गर्न दिइयोस् : घिमिरे
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले सांसदहरूको सिफारिसमा कम्तीमा ५० करोड रुपैयाँसम्मका योजना सिफारिस गर्ने व्यवस्था मिलाउन माग गरेका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद घिमिरेले आगामी बजेटमा यस्तो व्यवस्था नगरे बजेट नै पास नगर्ने चेतावनी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“प्रधानमन्त्रीज्यूको गत वर्षको घोषणाअनुसार यस वर्ष बजेटकै निर्माणमा सांसदहरूको भूमिका र सहभागिता भएन भने हामी यो बजेट पास गर्न सहयोगी किमार्थ पनि बन्न सक्दैनौँ,” उनले भने, “विपक्षीको पनि बजेट पास गर्ने क्रममा के भूमिका हुन्छ भन्ने कुराको नजिर संसद्मा स्थापित भइसकेको कुरा म स्मरण गराउन चाहन्छु । स्वयंम प्रधानमन्त्रीको पार्टीले हामीलाई यो कुरा सिकाइसकेको पनि छ ।”

सांसद घिमिरेले पाँच/दश करोडका योजना आफूहरूले माग नगरेको पनि बताए । बजेट निर्माणमा सांसदको भूमिकालाई महत्त्वका साथ लिनुपर्ने पनि उनको माग छ ।

“हामीलाई पाँच करोड, १० करोडको चाहिएको हैन । हामीलाई १६५ निर्वाचन क्षेत्रमा सांसदको सिफारिसमा कम्तीमा ५० करोडका योजना दिइयोस् । कार्यान्वयन सरकारले गर्ने हो,” उनले भने, “यदि संसद्को बजेट निर्माणमा सहभागिता शून्य बनाइयो भने बजेट पास हुँदैन भन्ने कुरा हामी विपक्षी सांसदले मात्र हैन । सत्ता पक्षकै सांसदले भनेको कुरा म सम्माननीय प्रधानमन्त्री र माननीय अर्थमन्त्रीको ध्यानाकर्षण गर्न चाहान्छु ।” 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्