site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आयोगले बुझायो ४८५ पृष्ठ लामो सुन तस्करी प्रकरणको प्रतिवेदन

काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ । आयोग गठन भएको पाँच महिनापछि बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाइएको हो ।

आयोगका अध्यक्ष डिल्लीराज आचार्य नेतृत्वको टोलीले ४८५ पृष्ठ लामो प्रतिवेदन बुझाएको आयोगका अध्यक्ष आचार्यले जानकारी दिए ।

हङकङबाट तस्करी गरेर ल्याइएको ६० किलो र इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याइएको सुनबारे आयोगले छानबिन गरेको थियो । आयोगका पदाधिकारीले ६० जनाभन्दा बढीसँग सोधपुछ गरेका थिए ।

गएको असोज १४ गते सरकारले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो ।

आयोगका सदस्यमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, पूर्वसहसचिव किशोरजंग कार्की र पूर्वसहसचिव प्रेमराज जोशी थिए । आयोगले सुन तस्करी रोकथामका निम्ति केही नीतिगत सुधार र सुन तस्करी प्रकरणमा पटक–पटक मुछिएकाहरूको अभिलेखीकण समेत गरेको छ ।

p1-1710396790.jpg
p2-1710396790.jpg
 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  ११:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro